विशेषका फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतवादी श्यामकिशोर रायसमेत रहेको भ्रष्टचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले सर्लाहीको कविलासी नगरपालिका–८ स्थित अधुरो अवस्थामा रहेको रामजानकी मन्दिर निर्माणका सम्बन्धमा सरकारी स्रोतको पैसा दुरुपयोग भएको सन्दर्भमा अख्तियारको निर्णय कानुनसम्मत नभएको फैसला सुनाएको थियो । उक्त फैसलामाथि चित्त […]

Jan 14, 2025 - 00:26
 0
विशेषका फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतवादी श्यामकिशोर रायसमेत रहेको भ्रष्टचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

विशेष अदालतले सर्लाहीको कविलासी नगरपालिका–८ स्थित अधुरो अवस्थामा रहेको रामजानकी मन्दिर निर्माणका सम्बन्धमा सरकारी स्रोतको पैसा दुरुपयोग भएको सन्दर्भमा अख्तियारको निर्णय कानुनसम्मत नभएको फैसला सुनाएको थियो । उक्त फैसलामाथि चित्त नबुझेको भन्दै अख्तियारले सोमबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

यस्तै प्रतिवादी सचिनकुमार भदैसवार रहेको भ्रष्टाचार मुद्दामा पनि विशेष अदालतले गरेको फैसलामा चित्त नबुझाई अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेषले भदैसवारको मुद्दामा २०८० चैत २५ गते फैसला गरेको थियो ।

विशेष अदालतले गरेको फैसला चित्त नबुझेको भन्दै अख्तियारले पछिल्ला दिनमा नियमित सर्वोच्चमा पुनरावेदन गर्दै आएको छ । सोमबारमात्रै अख्तियारले विशेषले गरेका तीनवटा फैसलाविरुद्ध पुनरावेदन गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register