स्वास्थ्यमा समष्टिगत अनलाइन सेवा दिने उद्देश्यले ‘हेल्थ याद आयो’ सार्वजनिक
काठमाडौं । स्वास्थ्य क्षेत्रमा डिजिटल माध्यमबाट समष्टिगत सेवा दिने उद्देश्यले ‘हेल्थ याद आयो’ सार्वजनिक भएको छ । बिरामीलाई विशेषज्ञ चिकित्सकसँग घरबाटै परामर्श, ल्याब परीक्षण, औषधी लगायतका सेवा दिने उद्देश्यले ‘हेल्थ याद आयो’ सार्वजनिक भएको हो । प्रमुख कार्यकारी अधिकृत विमल बरालले स्वास्थोपचार सरल र सहज बनाउने उद्देश्यले ‘हेल्थ याद आयो’ सार्वजनिक गरिएको हो । ‘अस्पताल […]

काठमाडौं । स्वास्थ्य क्षेत्रमा डिजिटल माध्यमबाट समष्टिगत सेवा दिने उद्देश्यले ‘हेल्थ याद आयो’ सार्वजनिक भएको छ ।
बिरामीलाई विशेषज्ञ चिकित्सकसँग घरबाटै परामर्श, ल्याब परीक्षण, औषधी लगायतका सेवा दिने उद्देश्यले ‘हेल्थ याद आयो’ सार्वजनिक भएको हो ।
प्रमुख कार्यकारी अधिकृत विमल बरालले स्वास्थोपचार सरल र सहज बनाउने उद्देश्यले ‘हेल्थ याद आयो’ सार्वजनिक गरिएको हो ।
‘अस्पताल पुगेपछि पनि टोकन, टिकट, छाप र रिपोर्टका लागि घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था छ । रोगले थलिएर अस्पताल पुगेका बिरामीहरू यस्ता झन्झटिलो प्रक्रियाले थप तनावमा पर्छन् । निजी स्वास्थ्य संस्थाहरूमा भने महँगो शुल्क र कतिपय अवस्थामा अनावश्यक उपचारका कारण बिरामीहरू ठगिएको समाचार बारम्बार सुनिन्छ । उपचारअघि विरामीलाई सम्पुर्ण जानकारी पारदर्शी रूपमा दिने उद्देश्यले हामीले सेवा सार्वजनिक गरेका हौँ,’ बरालले भने ।
अस्पतालमा उपचार आवश्यक छ भने आफूलाई पायक पर्ने अस्पताल र विशेषज्ञ चिकित्सकको समय मोबाइल एपमार्फत सजिलै बुक गर्न सक्छन् ।
यसबाट बिरामीहरूलाई आफ्नो मेडिकल रेकर्ड व्यवस्थित गर्न, प्रयोगशाला परीक्षण बुक गर्न र सहुलियत दरमा औषधि घरमै मगाउन सक्ने र अत्यावश्यक अवस्थामा रगत आपूर्ति वा एम्बुलेन्स सेवाको सुविधान पनि प्रयोग गर्न सक्ने बरालको भनाइ छ ।
उपचारका लागि विरामी विदेश जानुपर्ने अवस्थामा पनि सम्पूर्ण जानकारी एप्सले उपलब्ध गराउने उनले बताए । हेल्थ याद आयोले उपचारका लागि बाहिर जानुपर्ने विरामीलाई आवास, प्रवेशाज्ञा लगायतका सेवामा पनि सहजीकरण गर्ने बरालको भनाइ छ ।
प्रबन्ध निर्देशक प्रज्वल चुकेकाअनुसार यो प्लेटफर्ममा भारतलगायत अन्य देशका प्रतिष्ठित अस्पताल र विशेषज्ञ चिकित्सकको विवरण, उपचारको प्रारम्भिक लागत र उनीहरूको उपलब्धताको जानकारी उपलब्ध हुन्छ । बिरामीहरूले उपचार योजना बनाउन र आवश्यक व्यवस्था गर्न सहज हुनेछ ।
What's Your Reaction?






