माघीमा सजिएका थरूनी (तस्वीरहरू)
काठमाडौं । थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका साथ मनाइरहेका छन् । बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने चलन छ । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि […]

काठमाडौं । थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका साथ मनाइरहेका छन् ।
बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने चलन छ ।
सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिन्छ । माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ ।
राजधानीसहित अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेष रूपमा मनाइँदैछ । काठमाडौंको टुँडिखेलमा पनि विशेष कार्यक्रमको आयोजना गरी थारु समुदायले माघी मनाउँदैछन् ।
तस्वीरहरू –
What's Your Reaction?






