मगर समुदायले मनायो टुँडिखेलमा माघे संक्रान्ति (तस्विरहरू)

काठमाडौँ । माघे संक्रान्तिको अवसरमा मगर समुदायले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेका छन् । नेपाल मगर संघले टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा मगर समुदायका विभिन्न साँस्कृतिक नृत्य, कला संस्कृति र परिकार प्रदर्शन गरिएको छ । कार्यक्रममा मगर समुदायका बालबालिकादेखि वृद्धवृद्धासम्म आफ्नो साँस्कृतिक पोशाकसहित आएका थिए । मगर समुदायले आफ्ना छोरी–चेलीको पूजा गरी यथाशक्य दक्षिणाका साथ आशीर्वाद […]

Jan 14, 2025 - 08:50
 0
मगर समुदायले मनायो टुँडिखेलमा माघे संक्रान्ति (तस्विरहरू)

काठमाडौँ । माघे संक्रान्तिको अवसरमा मगर समुदायले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेका छन् । नेपाल मगर संघले टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा मगर समुदायका विभिन्न साँस्कृतिक नृत्य, कला संस्कृति र परिकार प्रदर्शन गरिएको छ ।

कार्यक्रममा मगर समुदायका बालबालिकादेखि वृद्धवृद्धासम्म आफ्नो साँस्कृतिक पोशाकसहित आएका थिए । मगर समुदायले आफ्ना छोरी–चेलीको पूजा गरी यथाशक्य दक्षिणाका साथ आशीर्वाद दिने चाडका रुपमा माघे सङ्क्रान्ति रहिआएको छ ।
कार्यक्रममा छोरी-चेलीको पूजाका साथै उक्त समुदायको प्रसिद्ध नृत्य हुर्रा, कौरा, मारुनी, भ्याउरे, टप्पा र सालैज्यू नृत्यसहितको गीत-सङ्गीत प्रस्तुत गरिएको थियो । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register