विश्वभरिका चर्चित क्लबहरूको महाभिडन्तबारे सम्पूर्ण जानकारी : स्वरुपदेखि विवादसम्म

काठमाडाै‌ं । फिफा क्लब विश्वकप फुटबल २०२५ नेपाली समयअनुसार शनिबार (जुन १४) बिहान ५ः४५ बजेदेखि संयुक्त राज्य अमेरिकामा सुरु हुँदैछ । यसपटक प्रतियोगिता ३२ टोलीसहित अझ ठूलो आकारमा आयोजना हुँदैछ, जुन यसअघि कहिल्यै भएको थिएन । के हो क्लब विश्वकप ? सन् २०२३ सम्म क्लब विश्वकप हरेक डिसेम्बरमा आयोजना हुने वार्षिक प्रतियोगिता थियो, जसमा विभिन्न […]

Jun 13, 2025 - 15:44
 0
विश्वभरिका चर्चित क्लबहरूको महाभिडन्तबारे सम्पूर्ण जानकारी : स्वरुपदेखि विवादसम्म

काठमाडाै‌ं । फिफा क्लब विश्वकप फुटबल २०२५ नेपाली समयअनुसार शनिबार (जुन १४) बिहान ५ः४५ बजेदेखि संयुक्त राज्य अमेरिकामा सुरु हुँदैछ । यसपटक प्रतियोगिता ३२ टोलीसहित अझ ठूलो आकारमा आयोजना हुँदैछ, जुन यसअघि कहिल्यै भएको थिएन ।

के हो क्लब विश्वकप ?

सन् २०२३ सम्म क्लब विश्वकप हरेक डिसेम्बरमा आयोजना हुने वार्षिक प्रतियोगिता थियो, जसमा विभिन्न महादेशीय क्लब प्रतियोगिताका विजेता (६ देखि ८ टोली) मात्र सहभागी हुन्थे ।

तर सन् २०२५ बाट फिफाले यस प्रतियोगितालाई ३२ टोलीमा विस्तार गर्दै हरेक ४ वर्षमा आयोजना हुने बनाएको छ, यो ठ्याक्कै फिफा विश्वकप जस्तै । सन् २०२४ मा वार्षिक संस्करणको रुपमा नयाँ फिफा इन्टरकन्टिनेन्टल कप सुरु गरिएको थियो, जुन पहिलोपटक कतारमा आयोजना भयो । जसमा स्पेनिस क्लब रियल म्याड्रिड विजेता बनेको थियो ।

कस्तो छ नयाँ स्वरुप ?

नयाँ क्लब विश्वकपमा सहभागी ३२ टोलीलाई ८ समूहमा बाँडिएको छ, प्रत्येक समूहमा ४ टोली छन् । समूह चरणमा सबै टोलीले एक–अर्कासँग खेल्नेछन् र शीर्ष दुई टोली नकआउट चरण (राउन्ड अफ १६) मा पुग्नेछन् ।

कहिले हुँदैछ प्रतियोगिता ?

क्लब विश्वकपको समूह चरण जुन १४ देखि २६, राउन्ड अफ १६ जुन २८ – जुलाई १, क्वार्टरफाइनल ः जुलाई ४ र ५, सेमिफाइनल जुलाई ८ र ९ तथा फाइनल जुलाई १३ मा न्यू जर्सीमा हुनेछ ।

कुन–कुन छन् सहभागी टोली ?

यस संस्करणमा विश्वभरिका चर्चित क्लबहरू सहभागी छन्, जसमध्ये युरोपबाटः रियल म्याड्रिड, म्यानचेस्टर सिटी, बायर्न म्यूनिख, चेल्सी, इन्टर मिलान, पेरिस सेन्ट–जर्मेन (पीएसजी), एट्लेटिको म्याड्रिड र युभेन्टस छन् ।

दक्षिण अमेरिकाबाट फ्लामेन्गो, पाल्मेइरास, बोका जुनियर्स, रिभर प्लेट, फ्लुमिनेन्स र बोटाफोगो रहेका छन् ।

यस्तै उत्तर र मध्य अमेरिकाबाट सिएटल साउन्डर्स, एलएएफसी, मोन्टेरे, पाचुका, र आयोजक राष्ट्रबाट लियोनल मेसीको टोली इन्टर मियामी प्रतिस्पर्धामा रहनेछन् ।

एसिया, अफ्रिका र ओसियानियाबाट अल–हिलाल, उल्सान, अल अहली, वाइदाद, र अकल्यान्ड सिटीलगायत छन् ।

विवाद र प्लेअफ

मेक्सिकन क्लब लिओनले २०२३ को कन्काकाफ च्याम्पियन्स कप जितेर छनोट भए पनि मल्टिक्लब स्वामित्व नियम उल्लंघनका कारण फिफाले उसको सहभागिता रद्द गर्यो । तसर्थ, एलएएफसी र क्लब अमेरिका बीच प्लेअफ गराएर एलएएफसीले अन्तिम स्थान जितेको हो ।

समूह विभाजन

समूह ‘ए’ : पाल्मेइरास, पोर्टो, अल अहली, इन्टर मियामी

समूह ‘बी’ : पीएसजी, एट्लेटिको म्याड्रिड, बोटाफोगो, सिएटल साउन्डर्स

समूह ‘सी’ : बायर्न म्यूनिख, अकल्याण्ड सिटी, बोका जुनियर्स, बेन्फिका

समूह ‘डी’ : फ्लामेन्गो, एस ट्युनिस, चेल्सी, एलएएफसी

समूह ‘एफ’ : रिभर प्लेट, उरावा रेड डायमन्ड्स, मोन्टेरे, इन्टर मिलान

समूह ‘जी’ : फ्लुमिनेन्स, बोरुसिया डर्टमुन्ड, उल्सान एचडी एफसी, मामेलोदी सन्डाउन्स

समूह ‘एच’ : म्यानचेस्टर सिटी, वाइदाद, अल ऐन, युभेन्टस

समूह ‘आई’ : रियल म्याड्रिड, अल हिलाल, पाचुका, एफसी साल्जबर्ग ।

पुरस्कार राशी र प्रसारण

यो संस्करणको कुल पुरस्कार राशी १ अर्ब अमेरिकी डलर रहेको छ, जसमा विजेता क्लबले करिब ९७ मिलियन डलरसम्म जित्न सक्छ ।

अमेरिकामा सबै खेल डीएनजेडएनमा निःशुल्क स्ट्रिम गर्न सकिनेछ भने केही खेल च्यानल–फाइचले टीभीमा पनि प्रसारण गर्नेछ । –विभिन्न एजेन्सीको सहयोगमा

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register