अन्तरिक्षमा दुई उपग्रह जोडेर भारतले गर्‍यो नयाँ कीर्तिमान कायम

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बिहीबार सफलतापूर्वक आफ्नो स्पाडेक्स उपग्रहहरू एसडिएक्स ०१ (चेजर) र एसडिएक्स ०२ (लक्ष्य) अन्तरिक्षमा डक गरेको छ । स्पेस डकिङ भनेको अन्तरिक्षमा दुईवटा अन्तरिक्ष यान जोड्नु हो । डकिङ प्रक्रिया हालका हप्ताहरूमा कम्तिमा दुई पटक ढिलाइ भएको र अन्ततः बिहीबारको लागि निर्धारित गरिएको थियो । अन्तरिक्ष एजेन्सीका अनुसार […]

Jan 16, 2025 - 13:53
 0
अन्तरिक्षमा दुई उपग्रह जोडेर भारतले गर्‍यो नयाँ कीर्तिमान कायम

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले बिहीबार सफलतापूर्वक आफ्नो स्पाडेक्स उपग्रहहरू एसडिएक्स ०१ (चेजर) र एसडिएक्स ०२ (लक्ष्य) अन्तरिक्षमा डक गरेको छ । स्पेस डकिङ भनेको अन्तरिक्षमा दुईवटा अन्तरिक्ष यान जोड्नु हो ।

डकिङ प्रक्रिया हालका हप्ताहरूमा कम्तिमा दुई पटक ढिलाइ भएको र अन्ततः बिहीबारको लागि निर्धारित गरिएको थियो ।

अन्तरिक्ष एजेन्सीका अनुसार डकिङपछि दुईवटा उपग्रहलाई एउटै वस्तुको रूपमा नियन्त्रण गर्न सफल भएको र आगामी दिनमा अनलकिङ र पावर ट्रान्सफरबारे अनुसन्धान गरिने छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्टमार्फत देशका वैज्ञानिकहरूलाई उपलब्धि हासिल गरेकोमा बधाई दिँदै भने,“आगामी वर्षहरूमा भारतको महत्वाकांक्षी अन्तरिक्ष अभियानका लागि यो महत्त्वपूर्ण कदम हो ।”

रुस, अमेरिका र चीनपछि स्पेस डकिङ हासिल गर्ने भारत चौथो देश बनेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register