गाजा युद्धविराम सम्झौता इजरायलको मन्त्रिपरिषद्‌बाट पारित गर्नमा ढिलाइ

काठमाडौं । इजरायलले गाजा युद्धविराम सम्झौता मन्त्रिपरिषद्‌बाट पारित गर्नमा ढिलाइ गरको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग भएको युद्धविराम सम्झौतालाई अनुमोदन गर्ने भनिएको बिहीबारको मन्त्रिपरिषद्को मतदान स्थगित गरेसँगै ढिलाइ भएको हो । नेतान्याहुले हमासले अन्तिम मिनेटमा सम्झौतामा परिवर्तनको माग गरेको आरोप लगाएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने आइतबारदेखि युद्धविराम सुरु हुनेमा आफू […]

Jan 17, 2025 - 03:59
 0
गाजा युद्धविराम सम्झौता इजरायलको मन्त्रिपरिषद्‌बाट पारित गर्नमा ढिलाइ

काठमाडौं । इजरायलले गाजा युद्धविराम सम्झौता मन्त्रिपरिषद्‌बाट पारित गर्नमा ढिलाइ गरको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमाससँग भएको युद्धविराम सम्झौतालाई अनुमोदन गर्ने भनिएको बिहीबारको मन्त्रिपरिषद्को मतदान स्थगित गरेसँगै ढिलाइ भएको हो ।

नेतान्याहुले हमासले अन्तिम मिनेटमा सम्झौतामा परिवर्तनको माग गरेको आरोप लगाएका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने आइतबारदेखि युद्धविराम सुरु हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

‘सबै परिघटना ठीक ढंगले चलिरहेका छन् र योजनाअनुसार आइतबारदेखि युद्धविराम सुरु हुनेमा म विश्वस्त छु,’ उनले भने ।

इजरायली प्रतिनिधिमण्डलले सम्झौतामा सहमति जनाएपछि पनि सुरक्षा मन्त्रिपरिषद् र सरकारको स्वीकृतिबिना सम्झौता कार्यान्वयन हुन सक्दैन ।

हमासले यो सम्झौताप्रति प्रतिबद्ध रहेको बताएको छ । तर हमासले आफ्ना केही सदस्यको नाम सम्झौताअन्तर्गत रिहा हुने प्यालेस्टिनी कैदीहरूको सूचीमा थप्ने प्रयास गरिरहेको बीबीसीको समाचारमा उल्लेख छ ।

हमासले बेपत्ता बनाएकाको तत्काल रिहाइको माग गर्दै इजरायली उत्रिए सडकमा (तस्वीरहरू)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register