शेफमाथि आक्रमण गरेको आरोपमा एक संदिग्ध पक्राउ, कामदारसँग मागेका थिए एक करोड

काठमाडौं । मुम्बईको बान्द्रा प्रहरीले बलिउड अभिनेता शेफअली खानमाथि आक्रमण गरेको आरोपमा शुक्रबार एक संदिग्धलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्तिको नाम भने खुलाइएको छैन । ती व्यक्तिसँग सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार आक्रमणपछि संदिग्ध व्यक्ति बान्द्रा रेलवे स्टेशन नजिकैको सीसीटीभीमा देखिएका थिए । उनलाई यही क्षेत्रबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका […]

Jan 17, 2025 - 06:17
 0
शेफमाथि आक्रमण गरेको आरोपमा एक संदिग्ध पक्राउ, कामदारसँग मागेका थिए एक करोड

काठमाडौं । मुम्बईको बान्द्रा प्रहरीले बलिउड अभिनेता शेफअली खानमाथि आक्रमण गरेको आरोपमा शुक्रबार एक संदिग्धलाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने व्यक्तिको नाम भने खुलाइएको छैन । ती व्यक्तिसँग सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार आक्रमणपछि संदिग्ध व्यक्ति बान्द्रा रेलवे स्टेशन नजिकैको सीसीटीभीमा देखिएका थिए । उनलाई यही क्षेत्रबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

संदिग्ध व्यक्ति १६ जनवरी बिहानीपख २:३० बजे शेफको घरको छैठौं तलाबाट तल झरेको देखिएको थियो ।

उक्त आक्रमणमा अभिनेताको घाँटी, ढाड, हात र टाउकोसहित ६ स्थानमा छुरा प्रहार भएको थियो ।

लिलावती अस्पतालका सीओओ डा. नीरज उत्तमानीले शेफको मेरुदण्डमा चक्कुको टुक्रा अड्किएको त्यो शल्यक्रिया गरेर निकालिएको जानकारी दिए ।

घटना सैफ–करीनाका सन्तान तैमुर–जेहको कोठामा भएको हो ।

कोठामा उनको हाउसकीपर एरियामा फिलिप उर्फ ​​लिमा उपस्थित थिइन्, जसलाई ती आक्रमणकारीले समातेका थिए ।

उनीहरु चिच्याएको सुनेपछि शेफ बालबालिकाको कोठामा पुगेका थिए । शेफलाई देख्नेबित्तिकै अज्ञात व्यक्तिले उनीमाथि आक्रमण गर्न थाले । सो क्रममा घाइते भएका कामदारलाई पनि लिलावती अस्पताल लगिएको छ ।

शेफको घरबाट तीन जना घरेलु कामदारलाई सोधपुछका लागि प्रहरी चौकी लगिएको प्रहरीले जनाएको छ ।

यसै क्रममा घरमा काम गर्ने कामदारले प्रहरीलाई बताएकी थिइन् कि उनले बाथरुम नजिकै अचानक छाया देखिन् र करिना आफ्नो छोरालाई भेट्न आएकी होलान् भन्ने सोचिन्, तर पछि उनलाई शङ्का लागेपछि उनी त्यसतर्फ अगाडि बढेकी थिइन् ।

अचानक एक व्यक्तिले महिला कामदारलाई समात्दै धारिलो हतियार देखाएर चुप बस्न धम्की दिए ।

यसैबीच अर्की कामदार पनि आइपुगिन् । यसै क्रममा आक्रमणकारीले बालबालिकाको हेरचाह गर्ने कामदार (आया)सँग एक करोड रुपैयाँ मागेका थिए ।

यसैक्रममा शेफ पनि त्यहाँ पुगे र अभियुक्त र उनीबीच झडप भयो ।

बान्द्रा प्रहरीले आक्रमणकारीको खोजीका लागि १० टोली बनाएको छ । अपराध महाशाखाले घटनाको अनुसन्धानका लागि टोली समेत गठन गरेको छ ।

अनुसन्धानका लागि क्राइम ब्रान्च शेफको घरमा पनि पुगेको छ । टोलीमा इन्काउन्टर विशेषज्ञ दया नायक पनि छन् ।

५ हजार करोडका मालिक शेफअली : पटौदीका ‘छोटे नवाब’देखि बलिउड अभिनेतासम्म

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register