गाजा युद्धविराम सम्झौता इजरायली मन्त्रिपरिषद्‌बाट अनुमोदन

काठमाडौं । इजरायली मन्त्रिपरिषद्ले गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ । यससँगै यो सम्झौता आइतबारदेखि लागू हुने भएको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालय र हमासले केही घण्टाअघि नै सम्झौताको मस्यौदालाई अन्तिम रुप दिएको बताएको बीबीसीको समाचारमा उल्लेख छ । बुधबार अमेरिका र कतारले पहिलो पटक एजरायल र हमासबीच सम्झौताको […]

Jan 18, 2025 - 03:23
 0
गाजा युद्धविराम सम्झौता इजरायली मन्त्रिपरिषद्‌बाट अनुमोदन

काठमाडौं । इजरायली मन्त्रिपरिषद्ले गाजामा युद्धविराम र बन्धकहरूलाई रिहा गर्न हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ । यससँगै यो सम्झौता आइतबारदेखि लागू हुने भएको छ ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालय र हमासले केही घण्टाअघि नै सम्झौताको मस्यौदालाई अन्तिम रुप दिएको बताएको बीबीसीको समाचारमा उल्लेख छ ।

बुधबार अमेरिका र कतारले पहिलो पटक एजरायल र हमासबीच सम्झौताको घोषणा गरेका थिए ।

यसपछि इजरायली मन्त्रिपरिषद्ले बिहीबार नै सहमतिलाई अनुमोदन गर्ने भनिएको थियो । तर प्रधानमन्त्री नेतान्याहुले क्याबिनेटको मतदान स्थगित गर्दै हमासले सम्झौता परिवर्तन गर्न खोजेको आरोप लगाएका थिए ।

शुक्रबार नेतान्याहुको कार्यालयले दोहामा रहेको इजरायली वार्ता टोलीले सम्झौतालाई अन्तिम रूप दिएको घोषणा गरेको थियो ।

हमासले पनि एक विज्ञप्ति जारी गर्दै सम्झौताका सर्तहरूका सम्बन्धमा उठेको ‘अवरोध’ शनिबार बिहान समाधान भएको बताएको छ ।

सहमतिका तीन चरण

सम्झौताको जानकारी दिँदै अमेरिकी राष्ट्रपति जो बाइडनले पहिलो चरण ६ हप्तासम्म चल्ने र ‘पूर्ण युद्धविराम’ हुने बताएका थिए । उनका अनुसार दोस्रो चरणको उद्देश्य ‘युद्धको स्थायी अन्त्य’ हुनेछ ।

तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माणका लागि छलफल भएको छ ।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमा आक्रमण गरेको थियो । सो हमलामा १ हजार २०० मानिस मारिएका थिए चभने हमासले २५१ जनालाई बन्धक बनाएको थियो ।

यसपछि इजरायलले जवाफी कारबाही गरेको थियो ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणमा ४६ हजारभन्दा बढीको मृत्यु भएको छ ।

इजरायलले २५१ बन्धकमध्ये ९४ जना अझै हमाससँग रहेको जनाएको छ । ३४ जना भने मारिएको जनाएको छ ।

गाजा युद्धविराम सम्झौता इजरायलको मन्त्रिपरिषद्‌बाट पारित गर्नमा ढिलाइ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register