दिल्ली विधानसभा चुनाव : अरविन्द केजरीवाल पराजित

काठमाडौं । दिल्ली विधानसभा चुनावमा पूर्व मुख्यमन्त्री एवं आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल पराजित भएका छन् । उनी भाजपाका प्रवेश वर्मासँग पराजित भएका हुन् । केजरीवाल वर्मासँग झन्डै चार हजार मतान्तरले हारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । काङ्ग्रेसका सन्दीप दीक्षितले ३८७३ मत मात्र पाएका छन् । तर, निर्वाचन आयोगले यसबारे आधिकारिक रुपमा घोषणा […]

Feb 8, 2025 - 07:54
 0
दिल्ली विधानसभा चुनाव : अरविन्द केजरीवाल पराजित

काठमाडौं । दिल्ली विधानसभा चुनावमा पूर्व मुख्यमन्त्री एवं आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल पराजित भएका छन् ।

उनी भाजपाका प्रवेश वर्मासँग पराजित भएका हुन् ।

केजरीवाल वर्मासँग झन्डै चार हजार मतान्तरले हारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । काङ्ग्रेसका सन्दीप दीक्षितले ३८७३ मत मात्र पाएका छन् ।

तर, निर्वाचन आयोगले यसबारे आधिकारिक रुपमा घोषणा भने गरेको छैन ।

यसअघि पूर्व उपमुख्यमन्त्री तथा आम आदमी पार्टीका चर्चित नेता मनीष सिसोदिया पराजित भएका छन् । सिसोदिया भाजपा उम्मेदवार तरविन्दर सिंह मारवाहसँग पराजित भएका हुन् ।

दिल्लीमा ७० विधानसभा सिट छ र कुनै पनि दललाई सरकार बनाउन ३६ सिट चाहिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register