टिपर पल्टिँदा एक जनाको मृत्यु, चार गम्भीर घाइते
स्याङ्जा, ५ माघ । स्याङ्जा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। शुक्रबार राति भएको दुर्घटनामा चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनामा पर्वतको कुश्मा नगरपालिका–१४ का ३७ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। आँधिखोला गाउँपालिका–५ कृषिस्थित कृषि–ओहिया भित्री कच्ची सडक खण्डमा कृषिबाट ओहियातर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको आरम्भ [...] The post टिपर पल्टिँदा एक जनाको मृत्यु, चार गम्भीर घाइते appeared first on Jhapa Online.

स्याङ्जा, ५ माघ । स्याङ्जा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। शुक्रबार राति भएको दुर्घटनामा चारजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा पर्वतको कुश्मा नगरपालिका–१४ का ३७ वर्षीय चन्द्रबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। आँधिखोला गाउँपालिका–५ कृषिस्थित कृषि–ओहिया भित्री कच्ची सडक खण्डमा कृषिबाट ओहियातर्फ जाँदै गरेको ग १ क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको टिपर सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनामा शारदा नगरपालिका–७ सल्यानका १५ वर्षीय हरि परियार, आँधीखोला गाउँपालिका–२ ओहियाका ३३ वर्षीय कमल नेपाली, राप्ती नगरपालिका–६ चितवनका ४१ वर्षीय प्रकाश विक र सुमित्रा विक गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।
The post टिपर पल्टिँदा एक जनाको मृत्यु, चार गम्भीर घाइते appeared first on Jhapa Online.
What's Your Reaction?






