पेस्तोलसहित भारतीय नागरिक पक्राउ
रौतहट, ७ माघ । सशस्त्र प्रहरीको गस्ती टोलीले गएराती रौतहटमा पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारत बिहार जिल्ला पूर्वी चम्पारण मोतिहारी वसन्तपुर ग्राम पञ्चायत ९ का २६ वर्षीय धनञ्जय कुमार झा पेस्तोल र गोलीसहित पक्राउ परेको सशस्त्र प्रहरी रौतहटले जनाएको छ । रौतहट प्रमुख एसपी विक्रम हुमागाईँका अनुसार उनको साथबाट [...] The post पेस्तोलसहित भारतीय नागरिक पक्राउ appeared first on Jhapa Online.

रौतहट, ७ माघ । सशस्त्र प्रहरीको गस्ती टोलीले गएराती रौतहटमा पेस्तोल र गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
भारत बिहार जिल्ला पूर्वी चम्पारण मोतिहारी वसन्तपुर ग्राम पञ्चायत ९ का २६ वर्षीय धनञ्जय कुमार झा पेस्तोल र गोलीसहित पक्राउ परेको सशस्त्र प्रहरी रौतहटले जनाएको छ ।
रौतहट प्रमुख एसपी विक्रम हुमागाईँका अनुसार उनको साथबाट सेमी अटोमेटिक पेस्तोल १ नाल, सोको म्यागेजिन १ वटा र ७.६५ एम एमको ४ राउण्ड गोली बरामद गरिएको छ ।
भारतीय सीमासँग जोडिएको ईशनाथ नगरपालिका–४ लतमरी नाका इलाकाबाट सशस्त्र प्रहरी बल नेपाल मठियाबाट खटिएको टोलीले लतमरी नाका नजिकै सुनिल होटलमा खाजा खाइरहेका शङ्कास्पद ३ जना व्यक्तिहरूलाई चेकजाँच गर्ने क्रममा २ जना व्यक्तिहरू तत्कालै फरार भएको र पेस्तोल बोकेका धनञ्जय कुमार झा पक्राउ गरिएको हो ।
The post पेस्तोलसहित भारतीय नागरिक पक्राउ appeared first on Jhapa Online.
What's Your Reaction?






