सुदूरपश्चिमका पूर्वमन्त्री सुवेदी र उनका छोरालाई एमालेबाट निष्कासन गर्न सिफारिस

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र जिल्ला सदस्य रहेका उनका छोरा भीष्मराज सुवेदीलाई पार्टीबाट निष्कासन गर्न प्रक्रिया अगाडि बढाएको छ । सुवेदीद्वयलाई पार्टीबाट निकाल्न जिल्ला कमिटी कैलालीले केन्द्रलाई सिफारिस गरेको हो । शनिबार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले पूर्वमन्त्री कृष्णराज र जिल्ला सदस्य भीष्मराजलाई पार्टीको संगठित सदस्यसमेत नहरने […]

Jan 19, 2025 - 05:00
 0
सुदूरपश्चिमका पूर्वमन्त्री सुवेदी र उनका छोरालाई एमालेबाट निष्कासन गर्न सिफारिस

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र जिल्ला सदस्य रहेका उनका छोरा भीष्मराज सुवेदीलाई पार्टीबाट निष्कासन गर्न प्रक्रिया अगाडि बढाएको छ ।

सुवेदीद्वयलाई पार्टीबाट निकाल्न जिल्ला कमिटी कैलालीले केन्द्रलाई सिफारिस गरेको हो ।

शनिबार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले पूर्वमन्त्री कृष्णराज र जिल्ला सदस्य भीष्मराजलाई पार्टीको संगठित सदस्यसमेत नहरने गरी निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको एमाले कैलालीले जनाएको छ ।

उनीहरू दुवैजना एमालेबाट निकालिएका पूर्वउपाध्यक्ष डा. भीम रावलको गतिविधिमा संलग्न भएको पाइएपछि कारबाही गर्न सिफारिस गरिएको एमालेले जनाएको छ ।

उनीहरू रावलको मातृभूमि जागरण अभियानमा सक्रिय रहेकाे बताइएको छ ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका रावल हाल मातृभूमि जागरण अभियान सञ्चालन गर्दै जिल्ला दौडाहामा लागेका छन् ।

उनले नयाँ दलको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ राख्ने निर्णयसमेत गरिसकेका छन् ।

भीम रावलले टुङ्ग्याए नयाँ पार्टीको नाम

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register