मधेस प्रदेश: बजेट वक्तव्य संशोधन गर्न संकल्प प्रस्ताव बहुमतबाट पारित

जनकपुरधाम । मधेस प्रदेश सभाको आइतबार बसेको बैठकले बजेट वक्तव्य संशोधन गर्न संकल्प प्रस्ताव बहुमतबाट पारित गरेको छ। प्रदेश सभाको चौथो अधिवेशनको आइतबार बसेको सातौ बैठकले मधेस सरकारको चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य संशोधन गर्न संकल्प प्रस्ताव पारित गरेको हो। गत पुस २९ गते संकल्प प्रस्ताव सदनमा दर्ता भएको थियो। सभामुख रामचन्द्र मण्डलबाट […]

Jan 19, 2025 - 15:15
 0
मधेस प्रदेश: बजेट वक्तव्य संशोधन गर्न संकल्प प्रस्ताव बहुमतबाट पारित

जनकपुरधाम । मधेस प्रदेश सभाको आइतबार बसेको बैठकले बजेट वक्तव्य संशोधन गर्न संकल्प प्रस्ताव बहुमतबाट पारित गरेको छ।
प्रदेश सभाको चौथो अधिवेशनको आइतबार बसेको सातौ बैठकले मधेस सरकारको चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य संशोधन गर्न संकल्प प्रस्ताव पारित गरेको हो।

गत पुस २९ गते संकल्प प्रस्ताव सदनमा दर्ता भएको थियो। सभामुख रामचन्द्र मण्डलबाट सैद्धान्तिक सहमतिपछि आइतबार प्रदेश सभामा संकल्प प्रस्ताव पेस गरिएको थियो।

सभामुख मण्डलले सभामा उपस्थित ५९ सभा सदस्यमध्ये ४३ जना प्रस्तावको पक्षमा र १६ जना विपक्षमा मतदान भएकोले सो प्रस्ताव बहुमतले पारित भएको जानकारी दिए। सत्ता गठबन्धन दल लोसपाका प्रदेश सांसद रुपाकुमारी यादवले सदनमा सो संकल्प प्रस्ताव पेस गरेकी थिईन् ।

प्रस्तावकको समर्थकमा नेकपा (एमाले)बाट पल्टीदेवी महरा, कांग्रेसबाट अञ्जना पण्डित, जनमतबाट हसिना खातुन, नेकपा (एकीकृत समाजवादी)बाट रत्नेश्वर गोइत र राप्रपाबाट कञ्चन विच्छा रहेका छन्। समर्थकमध्ये एकीकृत समाजावदी र राप्रपा प्रतिपक्ष दलका सांसद हुन्।

बजेट वक्तव्यको १४७  बुँदा अनुसार उपभोक्ता समितिबाट काम गराउन बाधक रहेको भन्दै सो बाधा फुकाउन संकल्प प्रस्ताव पेस गरिएको थियो। बजेट वक्तव्यको १४७ औं बुँदामा खुला प्रतिस्पर्धाबाट काम गराउने उल्लेख गरिएको छ।

पारित संकल्प प्रस्तावमा ५० लाखसम्मका योजना उपभोक्ता समितिबाट र त्यसभन्दा माथिका योजना खुला प्रतिस्पर्धाबाट गर्ने उल्लेख गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register