मुक्तिनाथ बिकास बैंकले नक्कली कागजका भरमा ऋण दिने गरेको खुलासा, तीन जना पक्राउ परेपछि खुल्यो पोल !

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले नक्कली कागजका भरमा पनि ऋण दिने गरेको खुलासा भएको छ । नक्कली कागजका आधारमा करोडौँ ऋण ठगी गरेको आरोपमा तीन जना पक्राउ परेपछि बैंकले नक्कली कागजका आधारमा ऋण दिने गरेको खुलासा भएको हो ।  पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक बनोपा नगरपालिका-१ का २२ वर्षीय गौरव कार्की, ३५ वर्षीया ईश्वरी माया रोका र […]

Jan 26, 2025 - 02:59
 0
मुक्तिनाथ बिकास बैंकले नक्कली कागजका भरमा ऋण दिने गरेको खुलासा, तीन जना पक्राउ परेपछि खुल्यो पोल !

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले नक्कली कागजका भरमा पनि ऋण दिने गरेको खुलासा भएको छ । नक्कली कागजका आधारमा करोडौँ ऋण ठगी गरेको आरोपमा तीन जना पक्राउ परेपछि बैंकले नक्कली कागजका आधारमा ऋण दिने गरेको खुलासा भएको हो । 

पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोक बनोपा नगरपालिका-१ का २२ वर्षीय गौरव कार्की, ३५ वर्षीया ईश्वरी माया रोका र बारा घर भएकी ३५ वर्षीय दिलिप कुमार सिंह रहेका छन् ।

नक्कली जग्गा धनी पुर्जा बैंकमा राखेर १ करोड २० लाख रुपैयाँ ऋण लिएर ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले काठमाडौँको बुद्धनगर र कोटेश्वरबाट पक्राउ गरेको हो । 

उनीहरुले जुम्लाका एक व्यक्तिको बाँकेको डुडुवा गाउँपालिका-५ मा रहेको ३३ कठ्ठा जग्गाको नक्कली धनी पुर्जा बनाएर बैंकबाट ऋण लिएका भेटिएको प्रहरीले जनाएको छ । तर, जग्गाको पुर्जा नै नक्कली बनाएर बैंकबाट १ करोड २० लाख रुपैयाँ ऋण प्रवाह हुँदा पनि बैंकले नक्कली पुर्जा हो भन्ने थाहा नपाउनूले कतै उक्त प्रकरणमा स्वयम् बैंकका कर्मचारीकोसमेत मिलेमतो त छैन ? भन्ने प्रश्न उठाएको छ ।  

यसो त मुक्तिनाथ विकास बैंकबाट फर्जी कागजका आधारमा ऋण प्रवाह भएका घटना यसअघि पनि सार्वजनिक भएका थिए । बैंकमा यसरी फर्जी कागज बुझाएर ऋण लिइएका अन्य थुप्रै फाइलहरु भएको स्वयम् बैंकका कर्मचारीहरुले बताएका छन् । त्यसमा बैंकका उच्च पदस्थ कर्मचारीको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको पनि स्रोतको दाबी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register