एभरेष्ट बैंकको नाफा र इपिएस दुवै बढ्यो 

काठमाडौँ । एभरेष्ट बैंकको नाफा बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २१.११ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७१ करोड ३१ […]

Jan 20, 2025 - 04:06
 0
एभरेष्ट बैंकको नाफा र इपिएस दुवै बढ्यो 

काठमाडौँ । एभरेष्ट बैंकको नाफा बढेको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २१.११ प्रतिशतले बढेको हो । यस अवधिमा बैंकले २ अर्ब ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.११ प्रतिशत बढेको छ भने खुद फि तथा कमिसन आम्दानी १४.४६ प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी पनि १७.६९ प्रतिशत बढेको छ । 

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार पुष मसान्तसम्म बैंकको इम्पेयरमेन्ट चार्ज ४३ करोड २३ लाख रुपैयाँबाट घटेर ३४ करोड ९५ लाख रुपैयाँमा झरेको छ । इम्पेयरमेन्ट चार्ज घटेसँगै बैंकको सञ्चालन मुनाफा २६.९७ प्रतिशत बढेको छ ।

समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (इपिएस) पनि बढेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ९४ पैसा बढेर ३२ रुपैयाँ ६ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ ७९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.१२ गुणा रहेको छ । 

१२ अर्ब ९४ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १६ अर्ब २८ करोड रुपैयाँ सञ्चित छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register