विदेश पठाउने भन्दै लाखौँ रकम ठग्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३४ वर्षीय तिलक बहादुर कार्की, ३६ वर्षीय हरि बहादुर बिष्ट र ३४ वर्षीया जमुना परियार रहेका छन् । पिडितहरुले दिएको जाहेरीका आधारमा उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट […]

Jan 20, 2025 - 12:36
 0
विदेश पठाउने भन्दै लाखौँ रकम ठग्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३४ वर्षीय तिलक बहादुर कार्की, ३६ वर्षीय हरि बहादुर बिष्ट र ३४ वर्षीया जमुना परियार रहेका छन् ।

पिडितहरुले दिएको जाहेरीका आधारमा उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये तिलक बहादुर कार्कीले एक जनालाई युके पठाउने भन्दै एक लाख रुपैयाँ र हरि बहादुर बिष्टले अमेरिका पठाउने भन्दै दुई जनाबाट दुई लाख रुपैयाँ ठगी गरेका थिए ।

त्यस्तै, जमुना परियारले ३ जनालाई अष्ट्रेलिया पठाउने भन्दै २८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

हाल भने उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register