ट्रम्पका ५ घोषणा : मेक्सिको खाडीको नाम परिवर्तनदेखि मङ्गल ग्रहमा झण्डा फहराउनेसम्म

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिको शपथ खाएलगत्तै डोनाल्ड ट्रम्पले महत्वपूर्ण पाँच घोषणा गरेका छन् । उनले नेपाली समयअनुसार सोमबार राति राष्ट्रपति पदको सपथ लिएलगत्तै यस्ता घोषणा गरेका हुन् । ट्रम्पको शपथ समारोमा बाराक ओबामा, जर्ज डब्लू बुस, बिल क्लिन्टनजस्ता धेरै अमेरिकी राष्ट्रपति, राष्ट्रिय नेता, व्यापारी शपथ ग्रहण समारोहमा सहभागी थिए । आफ्नो उद्घाटन सम्बोधनमा, […]

Jan 21, 2025 - 03:30
 0
ट्रम्पका ५ घोषणा : मेक्सिको खाडीको नाम परिवर्तनदेखि मङ्गल ग्रहमा झण्डा फहराउनेसम्म

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिको शपथ खाएलगत्तै डोनाल्ड ट्रम्पले महत्वपूर्ण पाँच घोषणा गरेका छन् । उनले नेपाली समयअनुसार सोमबार राति राष्ट्रपति पदको सपथ लिएलगत्तै यस्ता घोषणा गरेका हुन् ।

ट्रम्पको शपथ समारोमा बाराक ओबामा, जर्ज डब्लू बुस, बिल क्लिन्टनजस्ता धेरै अमेरिकी राष्ट्रपति, राष्ट्रिय नेता, व्यापारी शपथ ग्रहण समारोहमा सहभागी थिए ।

आफ्नो उद्घाटन सम्बोधनमा, ट्रम्पले आफ्नो नीति र प्रशासनअन्तर्गत अमेरिकाको भविष्य कस्तो हुनेछ भनेर आफ्नो दृष्टिकोण साझा गरेका हुन् ।

उनले भने, ‘अमेरिकाको स्वर्ण युग आजबाट सुरु हुँदैछ । हाम्रो देश अब समृद्ध र सम्मानित हुनेछ । म सधैं अमेरिकालाई प्राथमिकता दिनेछु भन्ने स्पष्टसँग भन्न चाहन्छु ।’

राष्ट्रपति बनेको पहिलो दिन ट्रम्पले करिब १०० कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जसमा अध्यागमन, ऊर्जा, अर्थतन्त्र र लैङ्गिक मुद्दाहरू समावेश हुनेछन् ।

यस्ता छन् ट्रम्पको उद्घाटन भाषणका महत्त्वपूर्ण ५ विषय :

१. अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय आपतकाल

नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा गर्ने बताएका छन् । यस सम्बन्धमा कार्यकारी आदेशमा हस्ताक्षर हुने उनले जानकारी दिए ।

ट्रम्पले अवैध प्रवेश तुरुन्तै रोकिने र सरकारले लाखौं ‘अवैध’ आप्रवासीलाई उनीहरूको देशमा निर्वासन गर्ने प्रक्रिया सुरु गर्ने बताए ।

विशेषगरी ‘मेक्सिकोमा रहनुहोस्’ नीतिलाई पुनः लागू गर्ने र सीमामा थप सेना र स्रोतहरू तैनाथ गर्ने योजना पनि उल्लेख गरिएको छ ।

यसका साथै उनले छिट्टै ‘मेक्सिको खाडी’को नाम परिवर्तन गरी ‘अमेरिका खाडी’ हुने बताए ।

२. पानामा नहरबाट चीनबाट फिर्ता लिने

ट्रम्पले पानामा नहरलाई चीनको हातबाट फिर्ता लिने घोषणा गरेका छन् । ‘पानामा नहर हामीले कहिल्यै चीनलाई दिएका छैनौं, हामी यसलाई फिर्ता लिनेछौं,’ उनले भने ।

सम्बोधनका क्रममा ट्रम्पले यसो भनेपछि उनका समर्थकले ताली बजाए भने जो निवर्तमान राष्ट्रपति बाइडन र कमला ह्यारिस भने कुनै प्रतिक्रिया नदिई मौन रहे ।

गत महिना ट्रम्पले पानामालाई पानामा नहरको शुल्क घटाउन वा यसको नियन्त्रण अमेरिकालाई फिर्ता गर्न भनेका थिए।

ट्रम्पले पानामा नहर चीनको लागि नभएको पनि बताएका थिए । उनले यो नहर गलत हातमा गएको उल्लेख गरेका थिए ।

तर, पानामाका राष्ट्रपतिले पनि पानामा नहरमा चीनको नियन्त्रण नभएको बताएका थिए ।

३. अमेरिकी अन्तरिक्ष यात्रीलाई मङ्गल ग्रह पठाउने

आफ्नो सम्बोधनमा ट्रम्पले अमेरिकालाई नयाँ उचाइमा लैजाने बताएका छन् । उनले अमेरिकाले आफ्नो सम्पत्ति बढाउने, आफ्नो क्षेत्र विस्तार गर्ने र मङ्गल ग्रहमा झण्डा फहराउने बताए ।

‘हामी ताराहरू खोज्नेछौं र मंगल ग्रहमा अमेरिकी झण्डा फहराउनेछौं,’ उनले भने ।

४. मध्यपूर्वमा शान्ति ल्याउने

राष्ट्रपति ट्रम्पले आफू शान्ति ल्याउने र मध्यपूर्वमा सबैलाई एकताबद्ध गर्ने नेता बन्ने दाबी गरेका छन् ।

उनले गाजामा हमासले बन्धक बनाएका तीन इजरायली बन्धकको नाम दिँदै यस्तो बताएका हुन् । ती सबै बन्धकहरू आइतबार परिवारकहाँ फर्किएका छन् ।

ट्रम्पले भने, ‘अमेरिकाले विश्वको सबैभन्दा ठूलो, सबैभन्दा शक्तिशाली र सम्मानित देशको रूपमा आफ्नो सही स्थान प्राप्त गर्नेछ । हाम्रो देशले सम्पूर्ण विश्वलाई प्रेरित गर्नेछ र प्रशंसाको केन्द्र बन्नेछ ।’

५. अब अमेरिकामा दुई लिङ्ग मात्र हुने

ट्रम्पले आफ्नो भाषणमा आफ्नो सरकारले सार्वजनिक र निजी जीवनका हरेक पक्षमा जात र लिङ्ग समावेश गर्ने वर्तमान नीतिलाई अन्त्य गर्ने बताएका छन् ।

उनले सोमबारदेखि अमेरिकी सरकारको आधिकारिक नीति पुरुष र महिला दुई लिङ्ग मात्र हुने घोषणा पनि गरेका छन् ।

आफ्नो भाषणमा ट्रम्पले बाइडन प्रशासन र आप्रवासी संकटको व्यवस्थापनको कडा आलोचना गरे ।

बीबीसीका कूटनीतिक मामिला संवाददाता पल एडम्सले यो भाषणलाई विश्वका लागि ट्रम्पको बलियो सन्देशको रूपमा वर्णन गरेका छन् ।

ट्रम्पको भाषणले विश्वव्यापी मञ्चमा अमेरिकाको शक्ति र सम्भावनालाई उजागर गर्ने बलियो सन्देश दिएको उनको विश्वास छ । अमेरिकाले सामना गरिरहेका चुनौतीका बारेमा पनि कुराकानी भएको बताइएको छ । ट्रम्पले ट्यारिफको बारेमा पनि आफ्नो विचार व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘अन्य देशमा कर र भन्सार लगाएर हाम्रा जनतालाई धनी बनाउनेछौँ ।’

यससँगै राष्ट्रपति ट्रम्पले मुद्रास्फीति र बढ्दो ऊर्जा आवश्यकताको बारेमा पनि कुरा गरेका छन् । जुन उनको चुनावी अभियानको महत्वपूर्ण मुद्दा थियो ।

उनले आफ्नो मन्त्रिपरिषद्का सबै सदस्यलाई मुद्रास्फीतिलाई परास्त गर्न र लागत र मूल्यलाई छिटो घटाउन हरसम्भव प्रयास गर्न निर्देशन दिने बताए ।

ट्रम्पले ‘राष्ट्रिय ऊर्जा आपतकाल’ घोषणा गर्ने जानकारी पनि दिए । साथै उनले आफ्नो कार्यकालमा अमेरिकामा तेल र ग्यास अन्वेषणलाई तीव्रता दिने आफ्नो वाचा दोहोर्याए ।

‘अमेरिका फेरि उत्पादक राष्ट्र बन्नेछ,’ उनले थपे, ‘हामीसँग संसारमा सबैभन्दा बढी तेल र प्राकृतिक ग्यास छ । यसलाई पूर्ण रूपमा प्रयोग गर्नेछौं ।’ उनले ‘ड्रिल बेबी ड्रिल’ भन्ने नारा पनि दिएका छन् ।

ट्रम्पको यो घोषणाले आगामी दिनमा भारतलाई पनि असर बताइएको छ । अमेरिका र चीनपछि भारत विश्वको सबैभन्दा ठूलो तेल खपत गर्ने देश हो । भारतले आफ्नो आवश्यकताको ८० प्रतिशत तेल आयात गर्छ । यसको ठूलो हिस्सा अमेरिकाबाट आउँछ ।

-बीबीसी हिन्दीको सहयोगमा

राष्ट्रपतिको शपथ लिएपछि ट्रम्पले भने – अमेरिकामा अब स्वर्ण युग सुरु भएको छ

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register