श्रीलंकालाई हराउँदै नेपाल एक खेलअगावै सेमिफाइनलमा

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकालाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ । भारतको युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा आइतबार भएको खेलमा नेपालले श्रीलंकालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । यससँगै नेपालले ३ अंक प्राप्त गरेको छ । नेपालका लागि सुजन डंगोल, धवेन्द्र कुँवर, विज्ञान खड्का, लछु थापा र सुवास बमले गोल […]

May 11, 2025 - 17:25
 0
श्रीलंकालाई हराउँदै नेपाल एक खेलअगावै सेमिफाइनलमा

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलंकालाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।

भारतको युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा आइतबार भएको खेलमा नेपालले श्रीलंकालाई ५–० को फराकिलो गोलअन्तरले पराजित गरेको हो । यससँगै नेपालले ३ अंक प्राप्त गरेको छ ।

नेपालका लागि सुजन डंगोल, धवेन्द्र कुँवर, विज्ञान खड्का, लछु थापा र सुवास बमले गोल गरे ।समुह बी मै रहेको भारत पनि सेमिफाइनलमा पुगिसेकको छ । पहिलो खेलमा भारतले श्रीलंकालाई ८ ० गोलअन्तरले हराएको थियो ।

लगातार २ खेलमा पराजित भएको श्रीलंका प्रतिस्पर्धाबाट बाहिरिसकेको छ । अब मंगलबार हुने नेपाल र भारतबीचको खेलबाट समूह विजेताको छिनोफानो हुनेछ ।

अर्को समूहको खेलमा भने भुटानलाई ३-० गोलअन्तरले पराजित गर्दै बंगलादेशले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register