सरकारकै मिलेमतोमा सिमेन्टको मूल्य बढाएको सांसदहरूको आरोप

काठमाडौं । सांसदहरूले सरकारकै मिलेमतोमा सिमेन्टको मूल्य बढाएको आरोप लगाएका छन् । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मङ्गलबारको बैठकमा सत्तारुढ दल एमाले र काङ्ग्रेसकै सांसदहरूले सिमेन्टको मूल्य बढाएकोमा असन्तुष्टि जनाएका हुन् । सत्तारुढ र प्रतिपक्ष दलका सांसदहरूले सिमेन्टको मूल्य दोब्बरले बढाएर उपभोक्तालाई मारमा पारेको भन्दै सरकारको आलोचना गरेका छन् […]

Jan 21, 2025 - 11:18
 0
सरकारकै मिलेमतोमा सिमेन्टको मूल्य बढाएको सांसदहरूको आरोप

काठमाडौं । सांसदहरूले सरकारकै मिलेमतोमा सिमेन्टको मूल्य बढाएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको मङ्गलबारको बैठकमा सत्तारुढ दल एमाले र काङ्ग्रेसकै सांसदहरूले सिमेन्टको मूल्य बढाएकोमा असन्तुष्टि जनाएका हुन् ।

सत्तारुढ र प्रतिपक्ष दलका सांसदहरूले सिमेन्टको मूल्य दोब्बरले बढाएर उपभोक्तालाई मारमा पारेको भन्दै सरकारको आलोचना गरेका छन् ।

एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले उपभोक्ताको ढाड सेक्ने गरी सिमेन्ट उद्योगीहरूले सिन्डिकेट खडा गरेर सिमेन्टको मूल्य शतप्रतिशत बढाएको बताए ।

त्यस्तै, एमाले सांसद मंगलप्रसाद गुप्ताले पनि सिमेन्टको विषयमा नियमन भएन भने समग्र अर्थ व्यवस्था नै डामाडोल हुने बताए । उनले भने, ‘हरेक उद्योगले सङ्गठित भएर यसरी मनलाग्दी मूल्य तोक्न मिल्दैन, सङ्गठित भएर मूल्य बढाउने र वितरण रोक्दिने परिपाटी राम्रो हुँदैन ।’

अर्का सांसद अमृतादेवी अग्रहरीका अनुसार सिमेन्टको मूल्यवृद्धिको विषय सरकारकै मिलेमतोबेगर सम्भव हुँदैन । उनी यस्ता कुनै पनि काण्ड सरकारको मिलेमतोबिना नहुने बताउँछिन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register