अध्यादेशको प्रतिरक्षा गर्न आफ्ना सांसदलाई एमालेले दियो प्रशिक्षण

काठमाडौं । नेकपा एमालेले सरकारले ल्याएको अध्यादेशको संसद्‌मा प्रतिरक्षा गर्न आफ्ना सांसदहरुलाई प्रशिक्षण दिएको छ । बुधबार संसद् भवन नयाँ बानेश्वरमा एमाले संसदीय दलले विज्ञसमेतलाई बोलाएर अध्यादेशको औचित्यमाथि प्रष्ट पार्दै सांसदहरुलाई प्रशिक्षण दिएको हो । सरकारले ल्याएको अध्यादेशको महत्वका बारेमा सांसदहरुलाइ जानकारी गराएको र सदनमा थप सशक्त रुपमा धारणा राख्ने गरि अघि बढ्न प्रशिक्षणको आयोजना […]

Jan 22, 2025 - 11:22
 0
अध्यादेशको प्रतिरक्षा गर्न आफ्ना सांसदलाई एमालेले दियो प्रशिक्षण

काठमाडौं । नेकपा एमालेले सरकारले ल्याएको अध्यादेशको संसद्‌मा प्रतिरक्षा गर्न आफ्ना सांसदहरुलाई प्रशिक्षण दिएको छ ।

बुधबार संसद् भवन नयाँ बानेश्वरमा एमाले संसदीय दलले विज्ञसमेतलाई बोलाएर अध्यादेशको औचित्यमाथि प्रष्ट पार्दै सांसदहरुलाई प्रशिक्षण दिएको हो ।

सरकारले ल्याएको अध्यादेशको महत्वका बारेमा सांसदहरुलाइ जानकारी गराएको र सदनमा थप सशक्त रुपमा धारणा राख्ने गरि अघि बढ्न प्रशिक्षणको आयोजना गरिएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

मुलुकको आर्थिक समृद्धिका साथै सार्वजनिक सेवा प्रवाहलाई सहज बनाउनका लागि सरकारले अध्यादेश ल्याएपनि विपक्षी दलले अध्यादेशका नाममा सरकारलाई हिलो छ्याप्ने काम गरेकाले आफ्ना सांसदहरुलाई अध्यादेशका बारेमा जानकारी गराइएको उनले बताए ।

संवैधानिक दायराभित्र रहेर ल्याइएको अध्यादेशलाई माघ १८ गते सदनमा पेस गर्ने र प्रतिस्थापन विधेयकमार्फत व्यवस्थित रुपमा अघि बढाउन सरकारलाई सुझावसमेत दिइएको प्रमुख सचेतक बर्तौलाले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register