पोशाक र दज्र्यानी चिन्हलाई लिएर काठमाडौं महानगर र नेपाल प्रहरीबीच लफडा

काठमाडौं । महानगर प्रहरीको पोशाक र दज्र्यानी चिन्हलाई लिएर काठमाडौं महानगरपालिका र नेपाल प्रहरीबीच लफडा भएको छ । नेपाल प्रहरीले महानगर प्रहरीले लगाउने पोशाक र दज्र्यानी चिन्हको वैधतामाथि प्रश्न उठाएपछि लफडा भएको हो । प्रशासन विभागका विभागीय प्रमुख ध्रुवकुमार काफ्लेले शुक्रबार नेपाल प्रहरीलाई पत्र लेख्दै महानगर प्रहरीको पोशाक र दज्र्यानी चिन्हको प्रयोग कानुनी र संविधानसम्मत […]

Jan 24, 2025 - 08:01
 0
पोशाक र दज्र्यानी चिन्हलाई लिएर काठमाडौं महानगर र नेपाल प्रहरीबीच लफडा

काठमाडौं । महानगर प्रहरीको पोशाक र दज्र्यानी चिन्हलाई लिएर काठमाडौं महानगरपालिका र नेपाल प्रहरीबीच लफडा भएको छ ।

नेपाल प्रहरीले महानगर प्रहरीले लगाउने पोशाक र दज्र्यानी चिन्हको वैधतामाथि प्रश्न उठाएपछि लफडा भएको हो ।

प्रशासन विभागका विभागीय प्रमुख ध्रुवकुमार काफ्लेले शुक्रबार नेपाल प्रहरीलाई पत्र लेख्दै महानगर प्रहरीको पोशाक र दज्र्यानी चिन्हको प्रयोग कानुनी र संविधानसम्मत रहेको स्पष्ट पारेका छन् ।

‘नेपालको संविधान, २०७२ मा नगर प्रहरीलाई स्थानीय सरकारको प्रशासनिक निकायको रुपमा मान्यता प्राप्त छ र यसका अधिकारहरू संविधान र प्रचलित काुूनी प्रावधानअनुसार सञ्चालित छन्,’ पत्रमा भनिएको छ ।

काठमाडौं महानगरले नगर प्रहरी ऐन, २०८० जारी गरी स्थानीय राजपत्रमा प्रकाशित गरेको र यसले नगर प्रहरीको कार्य प्रणाली, पोशाक र चिन्हको व्यवस्था गरेको स्पष्ट पारिएको विभागीय प्रमुख काफ्लेले जनाएका छन् ।

यस्तो छ पत्र :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register