लस एन्जलस आगलागी : तीव्र गतिको हावाले आगो अझै फैलन सक्ने चेतावनी

काठमाडाैं । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो आवासीय क्षेत्रमा फैलिन नदिन अग्नि नियन्त्रकहरूले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरिरहेका छन् । पलिसेडको आगलागी रोक्नका लागि हवाई दलले आकाशबाट पानी पनि खसालिरहेका छन् । पालिसेड्सको आगो एक हजार एकड जमिनमा फैलिएको छ र अब ब्रेन्टवुड तर्फ सर्दैछ । अर्कोतर्फ खानेपानीको अभावका कारण जनतामा बढ्दो आक्रोश देखिएको […]

Jan 12, 2025 - 02:06
 0
लस एन्जलस आगलागी : तीव्र गतिको हावाले आगो अझै फैलन सक्ने चेतावनी

काठमाडाैं । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो आवासीय क्षेत्रमा फैलिन नदिन अग्नि नियन्त्रकहरूले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरिरहेका छन् ।

पलिसेडको आगलागी रोक्नका लागि हवाई दलले आकाशबाट पानी पनि खसालिरहेका छन् । पालिसेड्सको आगो एक हजार एकड जमिनमा फैलिएको छ र अब ब्रेन्टवुड तर्फ सर्दैछ ।

अर्कोतर्फ खानेपानीको अभावका कारण जनतामा बढ्दो आक्रोश देखिएको बीबीसीको समाचारमा उल्लेख छ । आगलागीका घटनामा अहिलेसम्म कम्तीमा ११ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
राति हावाहुरी आउने भएकाले भएकाले स्थानीय समयअनुसार आगामी राति आगो अझै बल्न सक्ने सम्भावना रहेको छ ।

तीव्र गतिमा आएको सान्ता आना हावाले आगो प्रज्वलित गरेको थियो । आइतबार फेरि यसको गति बढेर आगो फैलन सक्ने राष्ट्रिय मौसम सेवाले चेतावनी दिएको छ ।

क्यालिफोर्नियाका सात छिमेकी राज्य र संघीय सरकारले आगलागी नियन्त्रणका लागि सहयोग टोली पठाएको छ । साथै छिमेकी देश क्यानडा र मेक्सिकोले पनि सहयोग गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register