बिर्तामोड–३ का किराना पसल र होटलको अनुगमन : म्याद गुज्रेका अखाद्य वस्तु भेटिए

बिर्तामोड, १३ माघ । झापाको बिर्तामोड ३ स्थित सैनिकमोडका किराना पसल तथा होटलहरुको अनुगमन गरिएको छ । खाद्य स्वच्छताबारे जनचेतना जगाउन तथा उपभोक्तालाई गुणस्तर सेवा उपलब्ध गराउने उद्देश्यले आज पसल तथा होटलको अनुगमन गरिएको हो । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुर झापाको अगुवाई, बिर्तामोड नगरपालिका, होटल व्यवसायी संघ झापा, अस्थायी प्रहरी चौकी [...] The post बिर्तामोड–३ का किराना पसल र होटलको अनुगमन : म्याद गुज्रेका अखाद्य वस्तु भेटिए appeared first on Jhapa Online.

Jan 26, 2025 - 13:45
 0
बिर्तामोड–३ का किराना पसल र होटलको अनुगमन : म्याद गुज्रेका अखाद्य वस्तु भेटिए

बिर्तामोड, १३ माघ । झापाको बिर्तामोड ३ स्थित सैनिकमोडका किराना पसल तथा होटलहरुको अनुगमन गरिएको छ । खाद्य स्वच्छताबारे जनचेतना जगाउन तथा उपभोक्तालाई गुणस्तर सेवा उपलब्ध गराउने उद्देश्यले आज पसल तथा होटलको अनुगमन गरिएको हो ।

खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुर झापाको अगुवाई, बिर्तामोड नगरपालिका, होटल व्यवसायी संघ झापा, अस्थायी प्रहरी चौकी बिर्ताबजारको असई सहित सरोकारवाला निकायको समन्वयमा आज आइतबार अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा केही होटल तथा रेष्टुरेन्ट र किराना पसलहरुमा अधिकांश पेयपदार्थहरु कोकाकोला, फेन्टालगायत म्याद गुज्रेका अखाद्य वस्तु भेटिएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय भद्रपुरका प्रमुख सुवासचन्द्र ओस्तीले जानकारी दिए ।

उनले होटलहरुमा प्रयोग गरिरहेको खाने तेल परीक्षण गर्दा अखाद्य) भेटिएको बताए । सैनिकमोड आसपास क्षेत्रका होटलहरुमा तेलमा तारेर बनाइने खानेकुराहरु बनाउन प्रयोग गर्ने तेलमा गुणस्तरको मात्रा नै नभएको अर्थात् अखाद्य भेटिएको उनले जानकारी दिए ।

त्यस्तै होटल, रेष्टुरेन्ट र केही पसल दर्ता नगरिकन सञ्चालन गरिएको, म्याद सकिएका पेयपदार्थहरु बिक्री वितरण गरेको, म्याद सकिएका सामान पसलको ¥याकमा बिक्री गर्न राखेको, मूल्यसुची नटाँसको जस्ता कमीकमजोरीहरु पाइएको र त्यस्ता कमजोरीलाई सुधार गर्न निर्देशन दिइएको बिर्तामोड नगरपालिका अधिकृत पदमराज घिमिरेले जानकारी दिए ।

होटलहरू सफाइका हिसाबमा अझै सुधार हुन नसकेको अनुगमनका क्रममा देखिएको थियो । अनुगमनमा अधिकांश होटलहरूका भान्सा फोहोर भेटिएको होटल व्यवसायी संघ झापाको अध्यक्ष इन्दिरा श्रेष्ठले बताइन् । त्यस्ता होटललाई सुधारका लागि आग्रह गरिएको होटल व्यवसायी संघ झापाका महासचिव शिवराज पौडेलले जानकारी दिए । नागरिकको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने यस्ता बिषयमा गम्भिर बन्न होटल सञ्चालकलाई अनुगमन समितिले आग्रह गरेको थियो । अनुगमनका क्रममा भेटिएका त्यस्ता म्याद गुज्रेका बस्तु टोलीले नष्ट गरेको छ । बिर्तामोड नगरपालिकाका उप प्रमुख अनुगमन समितिको संयोजक रहने गरी सरोकारवाला सहितको बिर्तामोडमा यस अघि नै अनुगमन समिति निमार्ण गरिएको छ ।

The post बिर्तामोड–३ का किराना पसल र होटलको अनुगमन : म्याद गुज्रेका अखाद्य वस्तु भेटिए appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register