पुलिसले ट्राभल इन्क्वारी युनाइटेडलाई हरायो
काठमाडौं । टाइगर कप भलिबलमा नेपाल पुलिस क्लबले ट्राभल इन्क्वारी युनाइटेडलाई पराजित गरेको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सोमबार भएको खेलमा पुलिसले ट्राभल इन्क्वारी युनाइटेड थाइल्याण्डलाई ३–१ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा पुलिस ट्राभल इन्क्वारीसँग २३–२५ ले पराजित भयो । पुलिसले ट्राभललाई दोस्रो सेटमा २५–१४, तेस्रोमा २५–१८ र चौथोमा २५–१७ ले […]

काठमाडौं । टाइगर कप भलिबलमा नेपाल पुलिस क्लबले ट्राभल इन्क्वारी युनाइटेडलाई पराजित गरेको छ ।
पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सोमबार भएको खेलमा पुलिसले ट्राभल इन्क्वारी युनाइटेड थाइल्याण्डलाई ३–१ को सेटमा पराजित गरेको हो ।
पहिलो सेटमा पुलिस ट्राभल इन्क्वारीसँग २३–२५ ले पराजित भयो ।
पुलिसले ट्राभललाई दोस्रो सेटमा २५–१४, तेस्रोमा २५–१८ र चौथोमा २५–१७ ले हराएको थियो ।
प्रतियोगितामा पुलिसको यो पहिलो जित हो । यसअघि, पुलिस आफ्नो पहिलो खेलमा न्यु डायमन्डसँग पराजित भएको थियो ।
What's Your Reaction?






