बेलायतको अल्डरसट टाउन क्लबमा अनुबन्ध भए नेपाली मूलका फुटबलर किवान राई

लन्डन- बेलायतको नेपाली राजधानी भनेर चिनिने अल्डरसट शहरको स्थानीय फुटबल क्लब ‘अल्डरसट टाउन फुटबल क्लब’ मा नेपाली मूलका फुटबलर किवान राई अनुबन्धित भएका छन् । इंग्लिस फुटबलको पाँचौं तह मानिने ‘नेश्नल लिग’ खेल्ने अल्डरसट टाउनमा अनुवन्ध हुने किवान नेपाली मुलका पहिलो खेलाडी बनेका छन् । बुधबार अल्डरसटका लागि सम्झौता हस्ताक्षर गरेलगत्तै किवानले आफू निकै उत्साहित […]

Jun 25, 2025 - 17:42
 0
बेलायतको अल्डरसट टाउन क्लबमा अनुबन्ध भए नेपाली मूलका फुटबलर किवान राई

लन्डन- बेलायतको नेपाली राजधानी भनेर चिनिने अल्डरसट शहरको स्थानीय फुटबल क्लब ‘अल्डरसट टाउन फुटबल क्लब’ मा नेपाली मूलका फुटबलर किवान राई अनुबन्धित भएका छन् ।

इंग्लिस फुटबलको पाँचौं तह मानिने ‘नेश्नल लिग’ खेल्ने अल्डरसट टाउनमा अनुवन्ध हुने किवान नेपाली मुलका पहिलो खेलाडी बनेका छन् ।

बुधबार अल्डरसटका लागि सम्झौता हस्ताक्षर गरेलगत्तै किवानले आफू निकै उत्साहित र खेल्नका लागि आतुर रहेको प्रतिक्रिया दिएका छन् । उनले अल्डरसट क्लबको सिजन टिकट लिन समेत आफ्ना शुभेच्छुकहरुलाई आग्रह गरेका छन् ।

अल्डरसट टाउन क्लबमा आउँदो सिजनमा आफनो प्रतिभालाई निखार्ने र सिंगो क्लबलाई नै माथि लैजानेगरी योगदान गर्ने आफ्नो लक्ष्य रहेको किवानले बताएका छन् ।

यसअघि किवान इंग्लिस फुटबलको चौंथो तह मानिने ‘लिग टु’ मा खेल्ने वेल्सको क्लब न्यूपोर्ट काउन्टीबाट खेल्दै आएका थिए । न्यूपोर्ट काउन्टीकै अन्डर १५ तहमा युथ एकेडेमी जोइन गरेका किवानले सन् २०२३ मा सोही क्लबको मेन टीममा स्थान बनाएका थिए ।

न्यूपोर्ट काउन्टीका लागि ३० वटा खेलमा मैदान उत्रिएका किवानले प्रिमियर लिग क्लब ब्रेन्टफोर्डविरुद्ध खेलको ९६ औं मिनेटमा स्कोर गरेको बराबरी गोल सम्झनालायक छ ।

अट्याकिङ मिडफिल्डरको भूमिकामा खेल्ने किवानको रचनात्मक र प्राविधिक कौशललाई बलियो पक्ष मान्ने गरिन्छ ।

सन् २००५ मा वेल्समा जन्मिएका किवानका पिता ब्रिटिश गोर्खा सैनिक हुन् ।

गत वर्ष नेपाली राष्ट्रिय फुटबल टोलीलाई बेलायत ल्याएर इंग्ल्यान्डको सी टीमसंग खेलाएको अल्डरसट टाउन फुटबल क्लबले नै अहिले फेरि नेपाली मूलका किवानलाई भित्र्याएको छ ।

नेपालीहरुको उल्लेख्य बसोबास रहेको अल्डरसट टाउनमै आधार रहेको अल्डरसट टाउन फुटबल क्लबमा किवानको प्रवेशबाट स्थानीय नेपालीहरु पनि खुशी र उत्साहित बनेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register