एनप्याब्सन झापाको जिल्लास्तरीय खेलकुद तथा सांस्कृति कार्यक्रम शुरु

झापा, १४ माघ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) झापाको १३ औं जिल्लास्तरीय खेलकुद तथा सांस्कृति कार्यक्रम शुरु भएको छ । झापाको कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा आजदेखि फुटबल प्रतियोगितासँगै एनप्याब्सनको जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम शुरु भएको हो । माघ १४ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगात्मक कार्यक्रमको [...] The post एनप्याब्सन झापाको जिल्लास्तरीय खेलकुद तथा सांस्कृति कार्यक्रम शुरु appeared first on Jhapa Online.

Jan 27, 2025 - 09:09
 0
एनप्याब्सन झापाको जिल्लास्तरीय खेलकुद तथा सांस्कृति कार्यक्रम शुरु

झापा, १४ माघ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) झापाको १३ औं जिल्लास्तरीय खेलकुद तथा सांस्कृति कार्यक्रम शुरु भएको छ ।

झापाको कनकाई नगरपालिका–२ स्थित जामुनखाडी सामुदायिक वनको प्राकृतिक खेल मैदानमा आजदेखि फुटबल प्रतियोगितासँगै एनप्याब्सनको जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम शुरु भएको हो ।

माघ १४ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगात्मक कार्यक्रमको उद्घाटन शिक्षा समन्वय समिति झापाका प्रमुख देवेन्द्र मल्लले उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्नुहुँदै मल्लले शिक्षाको अभिन्न अंगको रुपमा अतिरिक्त क्रियाकलापलाई विद्यालयले विशेष जोड दिनुपर्ने बताउनुभयो । उहाँले किताबी ज्ञानले परीक्षा मात्र पास हुने भएकाले जीवनको परीक्षामा पास हुने विद्यार्थी उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमका एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष जयबहादुर श्रेष्ठ, केन्द्रीय सदस्य सञ्जीव राई, जामुनबारी सामुदायिक वनका अध्यक्ष पर्शुराम गिरी लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

एनप्याब्सन झापाका कार्यवाहक अध्यक्ष ओमबिक्रम नेम्वाङले जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तरगत जिल्लाका ५२ वटा विद्यालय एनप्याब्सनमा आबद्ध रहेको बताउनुभयो । आजदेखि शुरु भएको प्रतियोगात्मक १३ वर्ष मुनीको फुटबल प्रतियोगितामा १६ वटा विद्यालय सहभागी भएको उहाँले बताउनुभयो ।

जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक कार्यक्रम अन्तरगत भलिबल, टेनिस, ब्याडमिन्ट लगायत खेलकुद प्रतियोगिता जिल्लाका विभिन्न स्थानमा हुनेछ भने सांस्कृतिक तथा आधुनिक नृत्य प्रतियोगिता समेत हुनेछ । कार्यक्रमको समापन माघ १९ गते दमकको झापा मोडल स्कूलमा हुनेछ ।

एनप्याब्सन झापा उपाध्यक्ष मोहन आचार्यले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन कार्यक्रमको सञ्चालन सचिव भगिरथ राईले गर्नुभएको थियो । उद्घाटन खेल इष्ट होराइजन मेचीनगर र मर्निङ ग्लोरी कनकाई बीच भएको थियो । उद्घाटन खेलमा इष्ट होराइजन विजयी भएको छ ।

The post एनप्याब्सन झापाको जिल्लास्तरीय खेलकुद तथा सांस्कृति कार्यक्रम शुरु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register