हितराज पाण्डेले भ्रम फैलाए : प्रमुख सचेतक घिमिरे
काठमाडौं । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अतिरञ्जित तवरले भ्रम फैलाएको दाबी गरेका छन् । मङ्गलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीसँग उनले आफूले भन्दै नभनेको कुरा बाहिर ल्याएर भ्रम फैलाएको बताए । उनले भने, “कानून बनाउने प्रक्रियाको ढिलाइले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गर्यो, हामीले कानुन बनाउने […]

काठमाडौं । नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले अतिरञ्जित तवरले भ्रम फैलाएको दाबी गरेका छन् ।
मङ्गलबार सिंहदरबारमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीसँग उनले आफूले भन्दै नभनेको कुरा बाहिर ल्याएर भ्रम फैलाएको बताए ।
उनले भने, “कानून बनाउने प्रक्रियाको ढिलाइले सरकारलाई अध्यादेश ल्याउन प्रेरित गर्यो, हामीले कानुन बनाउने प्रक्रियालाई गति दिनुपर्यो । यो मैले भनेको कुरालाई उहाँ (हितराज पाण्डे)ले अतिरञ्जित गरेर अब अध्यादेशले नै मुलुक चलाइन्छ भन्यो भनेर उहाँले बोल्नुभयो”
यसअघि बैठकमा घिमिरेले अध्यादेशबाट सरकार चलाउने अभिव्यक्ति दिएको पाण्डेले बताएका थिए ।
काङ्ग्रेसका प्रमुख सचेतकले अब सरकार अध्यादेशबाट नै चलाउने हो भनेपछि…
What's Your Reaction?






