दलाल वर्ग र माओवादीबीच कुनै भिन्नता भएन, हामी पनि बिग्रेका छौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल वर्ग र माओवादीबीच कुनै भिन्नता नभएको बताएका छन् । माओवादी केन्द्रको आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले यस्तो बताएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । प्रचण्डको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने,‘उपदेश दिएर रुपान्तरण हुँदैन, […]

Jan 5, 2025 - 13:53
 0
दलाल वर्ग र माओवादीबीच कुनै भिन्नता भएन, हामी पनि बिग्रेका छौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल वर्ग र माओवादीबीच कुनै भिन्नता नभएको बताएका छन् ।

माओवादी केन्द्रको आइतबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै प्रचण्डले यस्तो बताएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

प्रचण्डको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने,‘उपदेश दिएर रुपान्तरण हुँदैन, काम गर्नुपर्छ । दलाल, नोकरशाही वर्ग र हामीबीच भिन्नता भएन । हामी पनि बिग्रेका छौँ ।’ उनले पहिले आफैँभित्रबाट रुपान्तरण भएर मात्र अरुलाई रुपान्तरण गर्न सकिने बताएका छन् ।

प्रचण्डले बैठकमा पेश गरेको प्रतिवेदनमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीले १ फागुनभित्र सम्पत्ति विवरण र आफ्नो जीविकोपार्जनको विवरण बुझाउन प्रस्ताव गरेका छन् ।

उनको प्रस्तावमा ‘१ फागुनसम्ममा सबै केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूले आफ्नो सम्पत्ति र जीविकोपार्जन के कसरी गरिरहेका छन्, सबै कुरा लिखित रूपमा पार्टी कार्यलयमा बुझाउनुपर्ने’ उल्लेख छ ।

बैठकमा सहभागी एक नेताका अनुसार विगतमा स्कुलिङ नमिल्ने पार्टीसँग पर्याप्त तयारी नगरी एकता गर्दा अपेक्षाकृत परिणाम नआएको र पार्टी जीवन सहज नभएको निष्कर्ष निकाल्दै प्रचण्डले विप्लवसँगको एकतालाई प्राथमिकता दिएका छन् ।

‘अध्यक्षले विप्लवसँगको एकतालाई अलि बढी प्राथमिकता दिनुभएको छ र खासगरी स्कुलिङ र विचार मिल्ने पार्टी र समूहसँग एकता गर्न एक उच्च स्तरीय एकता संवाद समिति बनाउने प्रस्ताव गर्नुभएको छ,’ ती नेताले भने ।

यस्तै बैठकमा अध्यक्ष प्रचण्डले जनतामा जाने अभियानअन्तर्गत पहिलो चरणमा हुलाकी राजमार्ग केन्द्रित तराई–मधेशको अभियान चलाउने र त्यसपछि मध्यपहाडी राजमार्गमा अभियान सञ्चालन गर्ने प्रस्ताव समेत राखेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register