बेलुन पड्किँदा घाइते भएका पोखराका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं । बेलुन पड्किँदा घाइते भएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् । कीर्तिपुर अस्पतालमा उपचाररत उनी बिहीबार डिस्चार्ज भएका हुन् । पोखरा भ्रमण वर्ष, २०२५ को समारोह उद्घाटन गर्ने क्रममा बेलुन पड्किँदा आचार्य घाइते भएका थिए । उनीसँग सोही विस्फोटमा परेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए । […]

Feb 20, 2025 - 09:17
 0
बेलुन पड्किँदा घाइते भएका पोखराका मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

काठमाडौं । बेलुन पड्किँदा घाइते भएका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कीर्तिपुर अस्पतालमा उपचाररत उनी बिहीबार डिस्चार्ज भएका हुन् ।

पोखरा भ्रमण वर्ष, २०२५ को समारोह उद्घाटन गर्ने क्रममा बेलुन पड्किँदा आचार्य घाइते भएका थिए ।

उनीसँग सोही विस्फोटमा परेर उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल पनि घाइते भएका थिए । पौडेल भने दुई दिनअघि नै अस्पतालबाट डिस्चार्ज भइसकेका थिए ।

आज अपराह्न आफू अस्पतालबाट डिस्चार्ज भएको मेयर आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।

पोखरामा बेलुन विस्फोट प्रकरण : निर्धालाई अभद्रको कसुर

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register