केबलकार विवाद : आम हड्ताल फिर्ता लिन फुङलिङ नगरपालिकाको आग्रह

काठमाडौं । फुङलिङ नगरपालिकाले पाथिभरा मुक्कुमलुङ केबलकार निर्माणमा अवरोध गर्ने समूहले आह्वान गरेको ताप्लेजुङ बन्द र हड्तालका कार्यक्रम अविलम्ब फिर्ता लिन आग्रह गरेको छ । नगरप्रमुख अमिर मादेनले प्रेस विज्ञप्ति जारी गर्दै केवलकार निर्माण गर्ने क्रममा ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप हुँदा घाइते भएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै नगरपालिकाले गत भदौ २१ गते गरेको […]

Jan 28, 2025 - 12:06
 0
केबलकार विवाद : आम हड्ताल फिर्ता लिन फुङलिङ नगरपालिकाको आग्रह

काठमाडौं । फुङलिङ नगरपालिकाले पाथिभरा मुक्कुमलुङ केबलकार निर्माणमा अवरोध गर्ने समूहले आह्वान गरेको ताप्लेजुङ बन्द र हड्तालका कार्यक्रम अविलम्ब फिर्ता लिन आग्रह गरेको छ ।

नगरप्रमुख अमिर मादेनले प्रेस विज्ञप्ति जारी गर्दै केवलकार निर्माण गर्ने क्रममा ‘नो केबलकार’ समूह र सुरक्षाकर्मीबीच झडप हुँदा घाइते भएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै नगरपालिकाले गत भदौ २१ गते गरेको निर्णयको स्मरण गराएका छन् ।

नगर कार्यपालिकाको ४५औं बैठकले विभिन्न ठाउँबाट आउने सवारी साधन नगरपालिका प्रवेश गर्ने क्रममा कसैले बन्द अवरोध गर्न नपाइने निर्णय पास गरेको थियो ।

सोही बैठकले नगरपालिका क्षेत्र भित्र सञ्चालित उद्योग, बैङ्क तथा वित्तीय संस्था, शैक्षिक संस्थाहरु कुनै पनि राजनीतिक दल, संघ, संस्था वा समूहले अवरोध गर्न गराउन नपाउने निर्णय गरेको थियो ।

मेयर मादेनले जारी गरेको विज्ञप्तिअनुसार कार्यपालिकाको बैठकले बन्द र हड्तालले समस्याको समाधान नगर्ने भएकोले अविलम्ब बन्दका कार्यक्रम फिर्ता गरी वार्ता र संवाद गर्न सरोकारवाला पक्षलाई आग्रह गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१।१०।१५ गते बसेको ५४औं कार्यपालिका बैठकले समेत बन्द र हड्ताल मात्र समस्याको समाधान नहुने भनि निर्णय गरेकोले सबै पक्षहरुबीच आपसी छलफल,वार्ता,संवाद र समन्वयका आधारमा सबैको स्वामित्व र अपनत्व कायम गर्दै पुन: यातायात,उद्योग,व्यापार,व्यवसाय,बैंक तथा वित्तीय संस्था लगायत शैक्षिक संस्थाहरु बन्द हड्ताल नगरी सम्बन्धित पक्षहरुमा थप क्षति हुनबाट बच्न सहमतिका लागि वार्ताद्वारा समस्या समाधान गर्न नगरपालिकाका तर्फबाट अनुरोध गर्दै केबलकार निर्माण कार्य अगाडी बढाउन सहयोग गर्नुहुन सम्बन्धित पक्षहरु बीच हार्दिक अनुरोध गर्दछौं ।’

यही माघ १२ गते फुङलिङ नगरपालिका वडा नं १२ बलुडाँडामा सुरक्षा निकाय र नो केबलकार समूहबीच झडप हुँदा आन्दोलनकारीतर्फ पाँचजना र प्रहरीतर्फ १३ जना भन्दा बढी घाइते भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register