बीवाईडीले ल्यायो संसारकै ठुलो कार क्यारियर ‘बीवाईडी शेनजेन’
चीन । चीनको नयाँ ऊर्जा गाडी निर्माण गर्ने अग्रणी कम्पनी बीवाईडीले संसारकै ठुलो कार क्यारियर क्षमता भएको ‘बीवाईडी शेनजेन’ सार्वजनिक गरेको छ । जुन संसारकै ठुलो रोल–अन/रोल–अफ कार क्यारियर बताइएको छ । यस जहाजले ९,२०० गाडी बोक्न सक्ने कम्पनीको दाबी छ । चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर […]

चीन । चीनको नयाँ ऊर्जा गाडी निर्माण गर्ने अग्रणी कम्पनी बीवाईडीले संसारकै ठुलो कार क्यारियर क्षमता भएको ‘बीवाईडी शेनजेन’ सार्वजनिक गरेको छ ।
जुन संसारकै ठुलो रोल–अन/रोल–अफ कार क्यारियर बताइएको छ । यस जहाजले ९,२०० गाडी बोक्न सक्ने कम्पनीको दाबी छ ।
चीनको जियाङ्सु प्रान्तको याङझाउमा निर्माण सम्पन्न भएर हालै पानीमा उतारिएको यो २१९ मिटर लामो र ३७.७ मिटर चौडा जहाज LNG डुअल–फ्युल प्रविधि, बीवाईडीका अत्याधुनिक ब्याट्री प्याक, र शाफ्ट जेनेरेटरद्वारा सञ्चालित छ ।
यी प्रविधिले ‘बीवाईडी शेनजेन’लाई संसारकै सबैभन्दा वातावरणमैत्री र कुशल कार क्यारियर बनाएको बताइएको छ । यसअघि ‘BYD Explorer No=1, BYD Hefei, BYD Changzhou जस्ता जहाजहरूले ७,००० देखि ९,२०० गाडी बोक्ने क्षमता राख्दै अन्तर्राष्ट्रिय बजारमा NEV आपूर्ति गरेका थिए ।
What's Your Reaction?






