अर्थतन्त्र उत्पादन भन्दा व्यापारमुखी बन्दै गएको छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको अर्थतन्त्र उत्पादनभन्दा व्यापारमुखी बन्दै गएको बताएका छन्। पार्टीको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले बुधबार सानेपामा गरेको नेपाल स्टार्टअप र साना-मझौला व्यवसाय सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले विश्व बजारसँग निजी क्षेत्रले सहज प्रतिस्पर्धा गर्न असहज महसुस गरेको हो कि भन्ने देखिएको बताएका हुन्। उनले भने, […]

Jan 29, 2025 - 06:08
 0
अर्थतन्त्र उत्पादन भन्दा व्यापारमुखी बन्दै गएको छ : देउवा

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको अर्थतन्त्र उत्पादनभन्दा व्यापारमुखी बन्दै गएको बताएका छन्। पार्टीको उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागले बुधबार सानेपामा गरेको नेपाल स्टार्टअप र साना-मझौला व्यवसाय सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले विश्व बजारसँग निजी क्षेत्रले सहज प्रतिस्पर्धा गर्न असहज महसुस गरेको हो कि भन्ने देखिएको बताएका हुन्।

उनले भने, ‘आज हाम्रो मुलुकको राष्ट्रिय आय अपेक्षित रूपमा वृद्धि हुन नसक्नुमा एकातिर स्वदेशी तथा विदेशी लगानीको सहज वातावरण बन्न नसक्नु र अर्कातिर विश्व बजारसँग हाम्रो निजी क्षेत्रले सहज प्रतिस्पर्धा गर्न असहज महसुस गरेको हो कि भन्ने देखिन्छ । त्यसैले हाम्रो अर्थतन्त्र उत्पादन भन्दा व्यापारमुखी बन्दै गएको छ।’

पछिल्लो समय स्टार्ट अप व्यवसायतर्फ आकर्षण बढ्दो रहेको उनको जिकिर छ। युवा पुस्ताले थोरै लगानीमा पनि सिर्जनात्मक ढंगले काम गर्ने प्रयास गरिएकोमा उनले प्रशंसा समेत गरे। नेपालको स्थानीय उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन गर्ने र वैदेशिक व्यापार घाटा न्यून गर्दै लैजाने उद्देश्यले आफूहरूले साना तथा मझौला उद्यम व्यवसाय प्रवर्धन गर्ने नीति लिएको सभापति देउवाले जानकारी दिए।

‘यस सम्मेलनको छलफलबाट आएका निष्कर्षबाट एउटा कार्ययोजनाको खाका तय गर्न हाम्रो पार्टीलाई मात्र नभई सरकारलाई पनि मार्गनिर्देशन गर्ने अपेक्षा मैले लिएको छु,’ सभापति देउवाले भने।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register