गणतन्त्रवादीलाई सहमतिमा आउन राजावादीको अल्टिमेटम

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले गणतन्त्रवादी दलहरूलाई सहमतिमा आउन भन्दै एक हप्ताको अल्टिमेटम दिएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संयुक्त जनआन्दोलन समितिले बिहीबारको मितिले एक हप्ताभित्र आफ्ना शान्तिपूर्ण आग्रहलाई स्वीकार गर्न अल्टिमेटम दिएको हो । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा आन्दोलनलाई चैत २१ […]

Mar 28, 2025 - 02:59
 0
गणतन्त्रवादीलाई सहमतिमा आउन राजावादीको अल्टिमेटम

काठमाडौं ।

राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले गणतन्त्रवादी दलहरूलाई सहमतिमा आउन भन्दै एक हप्ताको अल्टिमेटम दिएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संयुक्त जनआन्दोलन समितिले बिहीबारको मितिले एक हप्ताभित्र आफ्ना शान्तिपूर्ण आग्रहलाई स्वीकार गर्न अल्टिमेटम दिएको हो । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा आन्दोलनलाई चैत २१ गतेदेखि थप सशक्त बनाउँदै लैजाने घोषणा गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘आजका मितिले एक हप्ताभित्र सरकारले हाम्रो शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरेको खण्डमा हामी हाम्रो आन्दोलनलाई चैत २१ गतेदेखि थप सशक्त बनाउँदै लैजान बाध्य हुनेछौं । त्यसबाट सिर्जित नतिजाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्नेछ ।’ यद्यपि, सञ्चारकर्मीहरूबाट सोधिएको प्रश्नको उत्तरमा सुवेदीले आन्दोलन शान्तिपूर्ण हुने बताउनुभयो ।

सुवेदीले ०४७ सालको संविधानमा टेकेर नवीन समझदारीमा आउन गणतन्त्रवादी दलहरूलाई आह्वान गर्दै उहाँले २०७२ सालको संविधानमा रहेका सकारात्मक प्रावधानहरूलाई समेट्दै ०४७ को संविधानलाई आधार मानेर प्रमुख राजनीतिक पक्षहरूबीच सहमति बन्नुपर्ने चाहना रहेको उहाँको भनाइ छ । पत्रकार सम्मेलनमा उहाँले राजावादीहरूको प्रदर्शनको कमान्डर मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई बनाइएको जानकारी दिनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register