बिना श्रेष्ठको सितार बादनमा राग यमनको प्रस्तुती ।  ।

Jan 29, 2025 - 06:08
Jan 29, 2025 - 06:22
 0
बिना श्रेष्ठको सितार बादनमा राग यमनको प्रस्तुती ।  ।


माघ १६, काठमाडौं । अच्युतराम भण्डारी संगीत प्रतिष्ठानको ३१ औं श्रृंखलामा सितार बादिका बिना श्रेष्ठले सितार बादनमा राग यमनको प्रस्तुती  गर्नु   गर्नु भएको छ । सो सितार बादनमा  उहाँलाई तबलामा मुकेश शाक्यले  संगत गर्नु भएको थियो । 
 कलाकार बिना श्रेष्ठले सितार बादनमा  बिलम्बित साथै मध्यलय र अन्त्यमा ठुमरी पनि प्रस्तुत गर्नु भएको थियो । 
राग यमन कल्याण थाटबाट उत्पन्न भइको राग हो । यस रागमा मध्यम तीब्र प्रयोग भइ अरु स्वरहरु शुद्ध प्रयोग हुन्छ ।यस रागको गाउने बजाउने समय रातको प्रथम प्रहर मानिएको छ । 

कार्यक्रम पश्यात कलाकारहरुलाई प्रतिष्ठानकी आजीवन सदस्य तथा सितार बादिका डा.अन्जु उप्रेतीले प्रतिष्ठानको तर्फबाट सम्मान गर्नु भएको थियो । 

यसैविच गत जनवरी ५, २०२५ मा भारतको कलकत्ताको निरन्जन सदनमा आयोजित कार्यक्रममा तापस कुमार पाल एकेडेमी अफ म्युजिकले अच्युतराम भण्डारी संगीत प्रतिष्ठानका संरक्षक तथा बरिष्ठ तबला बादक पं डा.अच्युतराम भण्डारीलाई सम्मान गरेको थियो  । सो कार्यक्रममा पं भण्डारीले  नेपाली परम्परा बाजा मादल बादन प्रस्तुतीसंगै आयोजकलाई मादल तथा आफुले रचना गरेका दशवटा पुस्तक हस्तान्तरण गर्नु भएको थियो । 

भारतको कलकत्ताको तापस कुमार पाल एकेडेमी अफ म्युजिकले प्रतिष्ठित सम्मान गरेर नेपाली कलकारलाई गौरव प्रदान गरे अनुरुप का अच्युतराम भण्डारी संगीत प्रतिष्ठानले पनि प्रतिष्ठानका संरक्षक  पं अच्युतराम भण्डारीलाई पनि सम्मान गरेको छ । बाल्यकाल देखिनै तबला बजाउन शुरु गर्नु भएका भण्डारीले शुरुमा पं होमनाथ उपाध्यायसंग तबला बादनको प्रारम्भिक शिक्षा लिनु भएको थियो । 




शास्त्रीय संगीतलाई जीवन्त  राख्न अनवरत सक्रिय यस प्रतिष्ठानले आफनै पहलमा हरेक नेपाली महिनाको १५ गते काठमाडौंको वडा नं ८ को गौरीघाटस्थित प्रतिष्ठानको आफनै भवनमा  विगत ३१   महिना देखि अनवरत रुपमा शास्त्रीय गायन, ताल बादन  र सुर बादनमा विभिन्न कलाकारहरुबाट शास्त्रीय संगीतको कार्यक्रमको आयोजना गर्दै आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Kishor Sedai Education: M.A. History Occupation: Journalism Interests: Singing, Tabla playing, Writing, Traveling, Social service. तपाईं पनि, हाम्रो ग्लोबल मेडिया मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register