सभापति कपको ट्रफी सार्वजनिक गर्दा जे देखियो…(तस्वीरहरू)
काठमाडौं । जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ । आयोजक नेपाली काङ्ग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिले बुधबार शहीद दिवस पारेर एक कार्यक्रमका बीच शहीदगेटमार्फत ट्रफी सार्वजनिक गरेको हो । ट्रफी सार्वजनिक गर्नुअघि काङ्ग्रेसका युवाहरूको सहभागितामा मोटरसाइकल र्यालीको पनि आयोजना गरिएको थियो । तीनकुनेबाट सुरु भएको मोटरसाइकल र्याली एअरपोर्ट–गौशाला–रातो पुल–कमलपोखरी–दरबारमार्ग हुँदै […]

काठमाडौं । जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक भएको छ ।
आयोजक नेपाली काङ्ग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिले बुधबार शहीद दिवस पारेर एक कार्यक्रमका बीच शहीदगेटमार्फत ट्रफी सार्वजनिक गरेको हो ।
ट्रफी सार्वजनिक गर्नुअघि काङ्ग्रेसका युवाहरूको सहभागितामा मोटरसाइकल र्यालीको पनि आयोजना गरिएको थियो ।
तीनकुनेबाट सुरु भएको मोटरसाइकल र्याली एअरपोर्ट–गौशाला–रातो पुल–कमलपोखरी–दरबारमार्ग हुँदै शहीद गेट पुगेको थियो ।
माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि बिहीबार सङ्कटा क्लब र आयोजक बागमती भिड्दै छन् ।
तस्वीरहरू –
What's Your Reaction?






