अर्जुन ट्रफी क्रिकेटः धनगढीको पहिलो जित

फाप्ला, २० माघः कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न दोस्रो खेलमा डिसिए धनगढी विजयी भएको छ । पहिलो जित दर्ता गर्ने क्रममा धनगढीले घोडाघोडी–११ सुखडलाई ६९ ‘रन’ले पराजित गर्‍यो । जितका लागि पाएको १५० रनको लक्ष्य पछ्याएको सुखड १६ दशमलव पाँच ‘ओभर’मा ८० रनमा समेटियो । टेक रावतले १८ र दीपक […]

Feb 2, 2025 - 13:57
 0
अर्जुन ट्रफी क्रिकेटः धनगढीको पहिलो जित

फाप्ला, २० माघः कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न दोस्रो खेलमा डिसिए धनगढी विजयी भएको छ ।

पहिलो जित दर्ता गर्ने क्रममा धनगढीले घोडाघोडी–११ सुखडलाई ६९ ‘रन’ले पराजित गर्‍यो । जितका लागि पाएको १५० रनको लक्ष्य पछ्याएको सुखड १६ दशमलव पाँच ‘ओभर’मा ८० रनमा समेटियो । टेक रावतले १८ र दीपक टमटाले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । ‘बलिङ’मा धनगढीका ललित राजवंशीले तीन, मिलन बोहरा र राहुल भण्डारीले दुई÷दुई ‘विकेट’ लिए ।

यसअघि फाप्ला क्रिकेट मैदानमा ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको धनगढीले निर्धारित २० ओभरमा नौ ‘विकेट’को क्षतिमा १४९ रन बनायो । जसमा राजु रिजालले ३७, लोकेश बमले ३१ र अभिषेक पालले २८ रनको योगदान गरे । सुखडका लागि लकी स्मिथले तीन र नरेन साउदले दुई विकेट झारे ।

गो ड्रिमर्सको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले नगद रु १० लाख र उपविजेताले नगद रु पाँच लाखसहित ‘ट्रफी’ पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु ५०–५० हजार पाउनेछन् । प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’लाई नगद रु १० हजार प्रदान गरिनेछ ।

यही माघ १९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागीता रहेको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक ‘क्यालेन्डर’मा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म सञ्चालन हुनेछ । सुदूरपश्चिम प्रदेशको क्रिकेटमा योगदान पुर्‍याएका  स्व अर्जुन खड्कालाई समर्पित गर्दै प्रतियोगिता आयोजना गरिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register