तराईका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ […]

May 12, 2025 - 04:34
 0
तराईका केही स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) कोशी लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

मधेसलगायत लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register