ग्रीनल्याण्डका ८५ प्रतिशत नागरिक अमेरिकामा सामेल नहुने पक्षमा

काठमाडौं । ग्रीनल्याण्डका ८५ प्रतिशत जनता अमेरिकामा सामेल नहुने पक्षमा उभिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमाथि नियन्त्रण गर्ने अभिव्यक्ति दिएपछि डेनमार्कको अखबार बर्लिङ्स्केले गरेको पोलस्टर भेरियनले गरेको सर्वेक्षणमा यस्तो तथ्य बाहिरिएको हो । सर्वेक्षणकाअनुसार ६ प्रतिशत जनता मात्रै अमेरिकाको हिस्सा बन्ने पक्षमा छन्, साथै ९ प्रतिशत जनता अनिर्णित छन् । यस महिनाको सुरुमा […]

Jan 29, 2025 - 10:30
 0
ग्रीनल्याण्डका ८५ प्रतिशत नागरिक अमेरिकामा सामेल नहुने पक्षमा

काठमाडौं । ग्रीनल्याण्डका ८५ प्रतिशत जनता अमेरिकामा सामेल नहुने पक्षमा उभिएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमाथि नियन्त्रण गर्ने अभिव्यक्ति दिएपछि डेनमार्कको अखबार बर्लिङ्स्केले गरेको पोलस्टर भेरियनले गरेको सर्वेक्षणमा यस्तो तथ्य बाहिरिएको हो ।

सर्वेक्षणकाअनुसार ६ प्रतिशत जनता मात्रै अमेरिकाको हिस्सा बन्ने पक्षमा छन्, साथै ९ प्रतिशत जनता अनिर्णित छन् ।

यस महिनाको सुरुमा ट्रम्पले ग्रीनल्याण्ड अमेरिकी सुरक्षाको लागि महत्त्वपूर्ण छ र डेनमार्कले रणनीतिक रूपमा महत्त्वपूर्ण आर्कटिक टापुको नियन्त्रण त्याग्नुपर्ने बताएका थिए ।

र सप्ताहन्तमा ट्रम्पले जहाज एयर फोर्स वनमा भनेका थिए, “मलाई लाग्छ कि हामी यो पाउनेछौं, आर्कटिक टापुका ५७ हजार बासिन्दाहरू हामीसँग सामेल हुन चाहन्छन् ।”

अमेरिकी सेनाको पहिले नै उत्तरपश्चिम ग्रीनल्याण्डको पिटफिक स्पेस बेसमा स्थायी उपस्थिति छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register