प्रशिक्षार्थी डाक्टरको बलात्कार-हत्या प्रकरण : फैसलाविरुद्ध पश्चिम बङ्गाल सरकार उच्च अदालतमा

काठमाडौं । भारतको पश्चिम बङ्गाल सरकारले आरजी कार अस्पतालकी एक प्रशिक्षार्थी महिला डाक्टरको बलात्कार र हत्याको मामिलामा सियालदह अदालतको फैसलाविरुद्ध उच्च अदालतमा याचिका दायर गरेको छ । न्यायमूर्ति देबांशु बसाक र मोहम्मद रशिदी सम्मिलित कोलकाता उच्च अदालतको बेन्चले यस मुद्दामा दोषी पाएका सञ्जय रोयलाई मृत्युदण्डको माग गर्दै याचिका दायर गर्न राज्य सरकारलाई अनुमति दिएको हो […]

Jan 21, 2025 - 10:57
 0
प्रशिक्षार्थी डाक्टरको बलात्कार-हत्या प्रकरण : फैसलाविरुद्ध पश्चिम बङ्गाल सरकार उच्च अदालतमा

काठमाडौं । भारतको पश्चिम बङ्गाल सरकारले आरजी कार अस्पतालकी एक प्रशिक्षार्थी महिला डाक्टरको बलात्कार र हत्याको मामिलामा सियालदह अदालतको फैसलाविरुद्ध उच्च अदालतमा याचिका दायर गरेको छ ।

न्यायमूर्ति देबांशु बसाक र मोहम्मद रशिदी सम्मिलित कोलकाता उच्च अदालतको बेन्चले यस मुद्दामा दोषी पाएका सञ्जय रोयलाई मृत्युदण्डको माग गर्दै याचिका दायर गर्न राज्य सरकारलाई अनुमति दिएको हो ।

राज्य सरकारको तर्फबाट महाधिवक्ता किशोर दत्तले यो निवेदन दायर गरेका हुन् ।

सियालदह अदालतले सोमबार मुख्य आरोपी सञ्जय रायलाई आजीवन कारावासको सजाय सुनाएको थियो ।

न्यायाधीशले पीडित परिवारलाई १७ लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि राज्य सरकारलाई आदेश दिएका छन् ।

मङ्गलबार माल्दामा एक कार्यक्रममा मुख्यमन्त्री ममता बनर्जीले भनिन्, ‘हो, यो दुर्लभ घटना हो । यो धेरै गम्भीर अपराध हो । यदि अपराधीलाई बचाइयो भने उसले फेरि अपराध गर्नेछ ।’

उनले ‘एक्स’ मा लेखेकी छन्, ‘अदालतले यो मुद्दालाई दुर्लभको दुर्लभ नभेटेको फैसला देखेर म साँच्चै आश्चर्यचकित छु । यस मामिलामा मृत्युदण्ड दिनुपर्छ ।’

उनले आफ्नो पोस्टमा सियालदह अदालतको फैसलालाई उच्च अदालतमा चुनौती दिने पनि उल्लेख गरेकी छन् ।

गत अगस्ट ९ राति आरजी कार अस्पतालमा प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भएको थियो । साउन ९ गते बिहान सेमिनार हलमा डाक्टरको शव भेटिएको थियो । सीसीटीभी फुटेजको आधारमा प्रहरीले सञ्जय रोय नामका सिभिक स्वयंसेवकलाई अगस्ट १० मा पक्राउ गरेको थिए ।

सीबीआईले १० डिसेम्बर २०२४ मा सर्वोच्च अदालतमा स्टेटस रिपोर्ट दिएको थियो । जसमा सियालदह ट्रायल कोर्टमा नियमित सुनुवाइ भएको र ८१ मध्ये ४३ जना साक्षीलाई सोधपुछ गरिएको बताइएको छ ।

यस घटनापछि कोलकातामा प्रदर्शन सुरु भयो र राज्यमा स्वास्थ्य सेवा दुई महिनाभन्दा बढी समयसम्म ठप्प भएको थियो ।

कोलकाता बलात्कार-हत्या प्रकरण : अन्तिम कलमा ‘मेरो चिन्ता गर्नुपर्दैन’ भनेकी छोरी सधैँका लागि अस्ताइन्

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register