रवि लामिछानेले सभामुख घिमिरेलाई भेटेर बुझाए निलम्बन फुकुवाका लागि निवेदन
काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन् । शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर लामिछानेले आफ्नो निलम्बन फुकुवाका लागि निवेदन समेत दिएका छन् । भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू पनि सहभागी थिए । लामिछानेले आजको बैठकबाटै निलम्बन फुकुवा गरिदिन सभामुखलाई निवेदन दिएका छन् । निवेदनमा रविले, ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को […]

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेलाई भेटेका छन् ।
शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर लामिछानेले आफ्नो निलम्बन फुकुवाका लागि निवेदन समेत दिएका छन् ।
भेटमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू पनि सहभागी थिए । लामिछानेले आजको बैठकबाटै निलम्बन फुकुवा गरिदिन सभामुखलाई निवेदन दिएका छन् ।
निवेदनमा रविले, ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम मलाई गरिएको निलम्बन कानुन सम्मत छैन, आजकै बैठकबाट निलम्बन फुकुवा गरिदिन’ आग्रह गरिएको छ ।
जवाफमा सभामुखले आफूले विद्यमान कानून, संसद् नियमावली, अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको बताएका थिए ।
लामिछानेको निवेदनबारे आफूले थप छलफल र परामर्ष गर्ने उनले बताएका थिए ।
What's Your Reaction?






