निलम्बनको प्रक्रिया नमिलेको रविको दाबी, पूर्वाग्रह नरहेको सभामुखको जवाफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद पद निलम्बनको प्रक्रिया नमिलेको भन्दै सभामुख देवराज घिमिरेलाई निलम्बन फुकुवाका लागि निवेदनसहित अनुरोध गरेका छन् । लामिछानेले शुक्रबार मध्याह्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा रास्वापका सांसदहरूसहित पुगेर  ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफूलाई गरिएको निलम्बल कानुन सम्मत नभएकाले आजकै बैठकबाट फुकुवा गरिदिन’ आग्रह […]

Jan 31, 2025 - 07:16
 0
निलम्बनको प्रक्रिया नमिलेको रविको दाबी, पूर्वाग्रह नरहेको सभामुखको जवाफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सांसद पद निलम्बनको प्रक्रिया नमिलेको भन्दै सभामुख देवराज घिमिरेलाई निलम्बन फुकुवाका लागि निवेदनसहित अनुरोध गरेका छन् ।

लामिछानेले शुक्रबार मध्याह्न सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा रास्वापका सांसदहरूसहित पुगेर  ‘सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा २७ बमोजिम आफूलाई गरिएको निलम्बल कानुन सम्मत नभएकाले आजकै बैठकबाट फुकुवा गरिदिन’ आग्रह गरेका थिए ।

लामिछानेले दिएको निवेदनमा अदालतले पुर्पक्षमा थुनामा पठाउने निर्णय गरेको खण्डमा मात्रै सांसद पदबाट निलम्बन हुनुपर्नेमा त्यस्तो नभएको उल्लेख छ ।

जवाफमा सभामुख घिमिरेले आफूले विद्यमान कानून, संसद नियमावली र अभ्यास बमोजिम निलम्बनको निर्णय गरेको बताएका थिए । ‘कसैको दबाब, प्रभाव, पूर्वाग्रह र पक्षधरताका आधारमा होइन । हिजो यस पदमा अरु कोही थियो । आज म छु । भोलि अरु कोही हुन सक्छ । तर पदमा रहँदा कानूनको परिपालना गर्नु मेरो दायित्व हो,’ घिमिरेले लामिछानेलाई भने, ‘तपाईंहरूले निवेदन दिनुभएको छ । यो छलफल र परामर्शको विषय हो । आजलाई समय भएन । हामी संसद सुरु हुने अन्तिम समयमा छौं ।’

कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएपछि लामिछानेको सांसद पद पुस ७ गतेदेखि स्वत: निलम्बनमा परेको थियो । त्यसको सूचना संसद सचिवालयले माघ ८ गते प्रकाशित गरेको थियो ।

 

रवि लामिछानेले सभामुख घिमिरेलाई दिएको निवेदन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register