क्यानले क्रिकेट प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । क्यानले देशाईसँग सन् २०२३‌ मा भएको दुई वर्षको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो । मोन्टीको प्रशिक्षणमा नेपालले गरेको उत्कृष्ट प्रदर्शन र सफलतासँग जोडिएको उनको योगदानका लागि क्यानले मोन्टीलाई धन्यवाद समेत दिएको छ । […]

Feb 1, 2025 - 13:49
 0
क्यानले क्रिकेट प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ ।

क्यानले देशाईसँग सन् २०२३‌ मा भएको दुई वर्षको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो ।

मोन्टीको प्रशिक्षणमा नेपालले गरेको उत्कृष्ट प्रदर्शन र सफलतासँग जोडिएको उनको योगदानका लागि क्यानले मोन्टीलाई धन्यवाद समेत दिएको छ ।

‘धन्यवाद कोच मोन्टी ‘एक बलको लडाई’ लाई अविस्मरणीय जितमा र खुसी ड्रेसिङ रुमलाई परिवारमा परिणत गर्ने प्रशिक्षकलाई !’ क्यानले सामाजिक संजालमा लेखेको छ, ‘असंभव जस्तो लाग्ने गरी हाम्रो एकदिवसीय मान्यताको रक्षादेखि लिएर एसिया कपमा एसियाली दिग्गज भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्‍यौं, विश्वकपको मञ्चमा जोश र समर्पणका साथ नृत्य गर्‍यौं, तपाईंले नेपालको क्रिकेट सपनालाई उचाइमा पुर्‍याउनुभयो। तपाईंको विश्वास, तपाईंको मुस्कान, र तपाईंको हृदयले एउटा टोली मात्र नभई एउटा स्थायी विरासत निर्माण गरेको छ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register