अमेरिका व्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा भूपेन्द्रलाई २ स्वर्ण

काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले व्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा २ स्वर्णपदक जितेका छन् । अमेरिकाको एट्लान्टिक सिटीस्थित ट्रोपिकानो होटलमा भएको प्रतियोगितामा भूपेन्द्रले २ फरक स्पर्धामा २ स्वर्ण जितेका हुन् । उनले कुङफु फम्सको छान् छ्वान् र म्युजिकल फम्सको ताइचीमा स्वर्ण जिते । प्रतियोगितामा नेपाल, क्यानडा, मेक्सिको, इजरायल, रोमानिया, बहमास, बङ्गलादेश, भारत, क्युबासहित अमेरिकाका विभिन्न […]

Feb 4, 2025 - 05:27
 0
अमेरिका व्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा भूपेन्द्रलाई २ स्वर्ण

काठमाडौं । नेपालका भूपेन्द्र गुरुङले व्याटल अफ ड्रागन्स विश्व च्याम्पियनसिपमा २ स्वर्णपदक जितेका छन् ।

अमेरिकाको एट्लान्टिक सिटीस्थित ट्रोपिकानो होटलमा भएको प्रतियोगितामा भूपेन्द्रले २ फरक स्पर्धामा २ स्वर्ण जितेका हुन् । उनले कुङफु फम्सको छान् छ्वान् र म्युजिकल फम्सको ताइचीमा स्वर्ण जिते ।

प्रतियोगितामा नेपाल, क्यानडा, मेक्सिको, इजरायल, रोमानिया, बहमास, बङ्गलादेश, भारत, क्युबासहित अमेरिकाका विभिन्न २० मार्सल आर्ट्स स्कूलका करिब ३ सय खेलाडीले प्रतिस्पर्धा गरेको बताइएको छ । भूपेन्द्रको टिम व्यवस्थापकमा मनित गुरुङ रहेका छन् ।

गत नोभेम्बर एता अमेरिकामा भूपेन्द्रले खेलेको यो तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । यसअघि भूपेन्द्रले १५औं गोल्डेन ड्रागन च्याम्पियनसिपको २ स्पर्धामा २ रजत जितेका थिए।

छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा समान १–१ स्वर्ण र रजत गरी २ पदक जितेका थिए ।

त्यसअघि उनले विभिन्न ३ अन्तर्राष्ट्रिय प्रतियोगितामा ३ स्वर्ण पदक जितेका छन् । उनले सन् २०१८ मा जर्मनीमा भएको विश्व च्याम्पियनसिप, सन् २०१९ मा थाइल्यान्डमा भएको सातौं विश्व कुङफु च्याम्पियनसिप र सन् २०२२ मा युकेमा भएको युरोपियन च्याम्पियनसिपमा स्वर्ण जितेका थिए ।

भूपेन्द्र नेपाल उमा कुङफु सङ्घका उपाध्यक्ष पनि हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register