उपाधिका लागि आर्मीलाई १०३ रनको लक्ष्य
काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई नेपाल पुलिस क्लबले १०३ रनको लक्ष्य दिएको छ । वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी फाइनल खेलको तेस्रो दिन पुलिस १३९ रनमा अलआउट भएको हो । यसअघि आर्मी आफ्नो पहिलो इनिङ्समा ३९.५ ओभरमा १७० रनमा अलआउट भएको थियो । यससँगै जितको लागि आर्मीले १०३ रनको […]

काठमाडौं । जय ट्रफी एलिट कप क्रिकेटको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई नेपाल पुलिस क्लबले १०३ रनको लक्ष्य दिएको छ ।
वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा जारी फाइनल खेलको तेस्रो दिन पुलिस १३९ रनमा अलआउट भएको हो ।
यसअघि आर्मी आफ्नो पहिलो इनिङ्समा ३९.५ ओभरमा १७० रनमा अलआउट भएको थियो । यससँगै जितको लागि आर्मीले १०३ रनको लक्ष्य पाएको हो ।
पुलिसका लागि कुशल भूर्तेलले ४५ र दिलिप नाथले ३४ रन बनाए । पुलिसका अन्य खेलाडी चल्न सकेनन् ।
आर्मीका लागि साहब आलम र बसिर अहमदले ५–५ विकेट लिए । आमलले २५ ओभरमा ७५ रन खर्चे । सो क्रममा उनले ४ मेडन ओभर फाले ।
बसिरले २२.१ ओभरमा ४९ खर्चेर ५ विकेट लिए । सो क्रममा उनले ६ मेडन ओभर फाले ।
अहिले आर्मीले ब्याटिङ गरिरहेको छ ।
What's Your Reaction?






