नेपालमा करदाताको संख्या ७० लाख नाघ्यो 

काठमाडौँ । नेपालमा करदाताको संख्या ७० लाख नाघेको छ । चालु आर्थिक वर्षको ६ महिना (पुष समान्त) सम्म करदाताको संख्या ७० लाख ३६ हजार ६ सय ८३ पुगेको हो ।   जसमध्ये सबैभन्दा ठूलो हिस्सा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको रहेका आन्तरिक राजस्व विभागले जनाएको छ ।  विभागका अनुसार गत कार्तिकदेखि पुषसम्म मात्रै प्यान […]

Jan 29, 2025 - 02:51
 0
नेपालमा करदाताको संख्या ७० लाख नाघ्यो 

काठमाडौँ । नेपालमा करदाताको संख्या ७० लाख नाघेको छ । चालु आर्थिक वर्षको ६ महिना (पुष समान्त) सम्म करदाताको संख्या ७० लाख ३६ हजार ६ सय ८३ पुगेको हो ।  

जसमध्ये सबैभन्दा ठूलो हिस्सा व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको रहेका आन्तरिक राजस्व विभागले जनाएको छ । 

विभागका अनुसार गत कार्तिकदेखि पुषसम्म मात्रै प्यान नम्बर लिनेको संख्या १ लाख ४२ हजार ६ सय २ रहेको छ । पुष मसान्तसम्म व्यवसायिक स्थायी लेखा नम्बर लिनेको संख्या १९ लाख ९३ हजार ७ सय २४ रहेको छ । पछिल्लो तीन महिनामा २८ हजार ८६ जनाले व्यवसायिक प्यान नम्बर लिएका छन् ।  

त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका करदाताको संख्या ३ लाख ३८ हजार ३ सय १६ रहेको छ । कार्तिकदेखि पुषसम्म मात्रै ५ हजार ४ सय ४५ करदाता भ्याटमा दर्ता भएका छन् । 

विभागका अनुसार यस अवधिमा अन्तःशुल्क इजाजततर्फ १ लाख २१ हजार ६ सय ८२ करदाता दर्ता भएका छन् भने विथहोल्डर स्थायी लेखा नम्बर लिने करदाता भने ३४ हजार ६ सय ३८ पुगेको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register