नेपालमै पहिलो पटक साइक्लोट्रोन प्रविधि स्थापना हुँदै

काठमाडौं । क्यान्सर उपचार र पहिचानका लागि नेपालमै पहिलो पटक साइक्लोट्रोन प्रविधि स्थापना हुने भएको छ । विश्व क्यान्सर दिवसको अवसरमा अम्बर अर्बुद सेवा, मेटा हेल्थकेयर नेपाल, युनाइटेड इमेजिङ हेल्थकेयर र लङ्जेभस बिमटेक कम्पनी बीचको सहकार्यमा यो प्रविधि धादिङमा स्थापना गर्न लागिएको हो । यो सुविधा सञ्चालन भएपछि मेडिकल आइसोटोप उत्पादन र पीईटी स्क्यानजस्ता अत्याधुनिक […]

Feb 4, 2025 - 12:12
 0
नेपालमै पहिलो पटक साइक्लोट्रोन प्रविधि स्थापना हुँदै

काठमाडौं । क्यान्सर उपचार र पहिचानका लागि नेपालमै पहिलो पटक साइक्लोट्रोन प्रविधि स्थापना हुने भएको छ ।

विश्व क्यान्सर दिवसको अवसरमा अम्बर अर्बुद सेवा, मेटा हेल्थकेयर नेपाल, युनाइटेड इमेजिङ हेल्थकेयर र लङ्जेभस बिमटेक कम्पनी बीचको सहकार्यमा यो प्रविधि धादिङमा स्थापना गर्न लागिएको हो ।

यो सुविधा सञ्चालन भएपछि मेडिकल आइसोटोप उत्पादन र पीईटी स्क्यानजस्ता अत्याधुनिक प्रविधिहरू स्वदेशमै सम्भव हुने अपेक्षा गरिएको छ । यसले उपचारको लागि विदेश जानुपर्ने बाध्यता हटाउने मात्र नभई समयमै रोग पहिचान र उपचार सम्भव बनाउनेछ ।

अम्बर अर्बुद सेवाका अध्यक्ष धनबहादुर शेरचनले यस परियोजनाले क्यान्सर उपचारको क्षेत्रमा नयाँ युगको सुरुवात गर्दै हजारौँ बिरामी र तिनका परिवारलाई प्रत्यक्ष लाभ पुर्‍याउने बताए ।

साइक्लोट्रोन एक विशेष प्रकारको उपकरण हो, जसले क्यान्सर पहिचान र उपचारका लागि चाहिने मेडिकल आइसोटोप उत्पादन गर्छ । यो उपकरणले नेपाललाई अन्य मुलुकबाट मेडिकल आइसोटोप आयात गर्ने निर्भरता हटाई स्वदेशमै उत्पादनको अवसर दिनेछ ।

नेपालमा क्यान्सरका घटनाहरू बढिरहेको सन्दर्भमा समयमै रोग पहिचान गर्न नसक्दा धेरै बिरामीहरू ज्यान गुमाउन बाध्य हुने गरेका छन् ।

साइक्लोट्रोन प्रविधिले पीईटी स्क्यानका लागि चाहिने मेडिकल आइसोटोप स्वदेशमै उत्पादन गराई क्यान्सरको पहिचानलाई छिटो, सुलभ, र प्रभावकारी बनाउनेछ । यो परियोजना आगामी ९ महिनाभित्र सञ्चालनमा आउने अपेक्षा गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register