हनुमान माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव सम्मानै सम्मानकाबीच सम्पन्न

काभ्रे।  जहानियाँ शासनका बेला २ दशमलभ ८ प्रतिशत नेपाली शिक्षित भएको अवस्थाबाट आज विज्ञान प्रविधिको युगमा पुगेको छ । यो युग भनेको एकले अर्कोलाई सम्मान गर्ने र हरेक काममा सहकार्य गरेर अघि बढ्ने युग हो । शिक्षाको समुदायसँग सम्बन्ध बलियो भएन भने सही ठाउँमा पुग्न सकिन्न ।  श्री हनुमान माध्यमिक विद्यालय, धुलिखेल ११ पातलेखेतको ६२ […]

Feb 4, 2025 - 12:14
 0
हनुमान माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव सम्मानै सम्मानकाबीच सम्पन्न

काभ्रे। 

जहानियाँ शासनका बेला २ दशमलभ ८ प्रतिशत नेपाली शिक्षित भएको अवस्थाबाट आज विज्ञान प्रविधिको युगमा पुगेको छ । यो युग भनेको एकले अर्कोलाई सम्मान गर्ने र हरेक काममा सहकार्य गरेर अघि बढ्ने युग हो । शिक्षाको समुदायसँग सम्बन्ध बलियो भएन भने सही ठाउँमा पुग्न सकिन्न । 

श्री हनुमान माध्यमिक विद्यालय, धुलिखेल ११ पातलेखेतको ६२ औँ वार्षिकोत्सव तथा सम्मान कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि अशोक कुमार व्याञ्जुले उक्त भनाई राखेका हुन्। 

उनले नगरपालिका स्थानिय निकायको राज्य हो । आम नागरिकको पक्षमा काम गर्दा कमी कमजोरी हुन सक्छ । एउटा व्यक्तिलाई खुशी पार्न नसकिएला तर योजना बृहत्तर बन्छ र गल्ती, कमजोरी नागरिकले औँल्याएको खण्डमा सच्याएर जान सकिन्छ । हनुमान माध्यमिक विद्यालयको विगतको तुलनामा हाल विद्यार्थीको सङ्ख्या घटेको गुनासो आएको सन्दर्भमा उनले विद्यार्थी सङ्ख्या बढाउने मात्र नभै गुणस्तरीय शिक्षा दिनुपर्छ सङ्ख्या आफै बढ्छ भने  । 

यो विद्यालयले शैक्षिक र आर्थिक क्षेत्रमा ठूलो योगदान पुर्‍याएको छ । शिक्षक, विद्यार्थी, अभिभावक र स्थानीय नगरपालिकाको भूमिकाका बारेमा सबै पक्ष बसेर छलफल गरी कमी कमजोरी सुधार्ने तर्फ लाग्नुपर्छ । आजको आवश्यकताका विषयको पहिचान सहितको शिक्षा आवश्यकता छ । समस्याको पहिचानको खाँचो छ । आर्थिक, भौतिक र सामाजिक अवस्था समय अनुकूल छैन। 

कुल बजेटको २० प्रतिशत बजेट शिक्षामा लगानी गरे मात्र यो सम्भव छ । यी नै कमी कमजोरीले सरकारी विद्यालयमा हामीले दिइरहेको शिक्षा पर्याप्त छैन । पठन पाठनका प्रक्रिया, नीति, योजना बढाउँदै लानुपर्छ । पुँजी, प्रविधि, जनशक्ति आजको आवश्यकता हो । धुलिखेल नगरपालिकाले देशकै नमुना रुपी शिक्षा नीति बनाएको छ । यसकै आधारमा काठमाडौँ महानगर पालिकाले धुलिखेलको नीति अध्ययन गरी त्यसरीनै अघि बढ्ने योजना बनाइरहेको छ । धुलिखेल नगरपालिकाले बर्छौ देखि समस्याका रुपमा रहेको शिक्षक दरबन्दी, विद्यालय मर्च जस्ता काम ४ वर्ष लगाएर टुङ्ग्याउन सफल भएको मेयर व्याञ्जुले बताए ।

उनले शिक्षक भनेको सम्मानित व्यक्ति हो । देश र नागरिकका लागि सही मार्ग निर्देशन गर्ने शिक्षकको भूमिका अरुको भन्दा अझ बढी हुनुपर्छ । समुदायसँग शिक्षकको सुमधुर सम्बन्ध हुनुपर्छ । यो विद्यालयलाई अझ राम्रो बनाउन छलफलबाट निकास निकालौँ । प्रविधिको भरपुर विद्यार्थीले सदुपयोग गर्न पाउनुपर्छ । प्रविधिको युगमा कम्प्युटरले घुम्टो ओढेर बसेको कतिपय विद्यालयमा पाइएको छ । यसले शिक्षा र प्रविधिको विकास हुन्न । विद्यालय सुधार्न समाजको अवधारणा बुझ्नुपर्छ । राज्यलाई अधोगतितर्फ जानदिनुहुन्न मेयर व्याञ्जुले भने । 

सोही अवसरमा उनले विद्यालयका उत्कृष्ट शिक्षक, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सहयोगी दाता, उत्कृष्ट विद्याथीहरु, विभिन्न सङ्घसंस्था, खेलाडी, कलाकार लगायतलाई प्रमाणपत्रसहित सम्मान गर्दै सम्मानित व्यक्तिहरूलाई आभार प्रकट गर्दै विद्यालयलाई निरन्तर सहयोगको अपेक्षा गरेको छु भने ।

सोही अवसरमा धुलिखेल नगरपालिकाका उपमेयर नीराजन जङ्गमले विद्यालयको सुधार र विद्यार्थीहरुको आवश्यकता पहिचान गरी गुणस्तरीय शिक्षा दिने दायित्व शिक्षकको भएको र अभिभावक, विद्यार्थी, शिक्षक, सरकार सबैको एकता हुनु जरुरी छ भने । 

वार्षिकोत्सव कार्यक्रममा हनुमान माविका सहायक प्रधानाध्यापक सरिता कुमारी सुनवारले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यार्थी सङ्ख्या घटदो अवस्थामा रहेको र विद्यालयमा महिनौँदेखि प्रधानाध्यापक नियुक्तिमा नगरपालिकाले ढिलाइ गरेका कारण विद्यालयमा समस्या आएको बताइन । उनले गुणस्तरीय, जीवनोपयोगी र प्रविधिमैत्री शिक्षा कक्षा १२ सम्म निःशुल्क गर्ने विद्यालयको दीर्घकालीन सोच र लक्ष्य रहेको बताइन् । 

कार्यक्रममा विद्यालयका शिक्षक ढकल प्रसाद धिताल, पूर्व अध्यक्ष ईश्वरी प्रसाद ओझा, नगरपालिकाको शिक्षा समितिका गणेश आचार्य, शिक्षिका सुनिता तामाङ लगायतले विद्यालयको शिक्षाको अवस्था र सुधार गर्नुपर्ने विषय औँल्याएका थिए । साथै विद्यार्थीहरुले स्वागत गान गाउनुका साथै विभिन्न बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए । विद्यालयले विभिन्न विधामा सहभागी तथा विजेताहरूलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरेको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register