‘बलिदान’ गीत राख्दै बालेनले गरे सामाजिक सञ्जाल विधेयकको विरोध !
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल विधेयकप्रति संकेतपूर्ण असहमति जनाउँदै फेसबुकमा आफ्नो पुरानो गीतको भिडिओ सार्वजनिक गरेका छन् । बालेनले काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएका बेला सुरजसिंह ठकुरीको 'इट्स माइ शो' कार्यक्रममा बलिदान फिल्मको गीत गाएका थिए । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनसँगै सो कार्यक्रममा सहभागी भएका बालेनले आफ्नै शैलीमा प्रस्तुत गरेको उक्त गीत चुनावी प्रचारप्रसार र जितका लागि प्रभावकारी बनेको चर्चा हुने गरेको छ...

What's Your Reaction?






