गोली लागेर जंगली हात्ती मकुनाकाे मृत्यु

नवलपरासी।  चितवन राष्ट्रिय निकुञ्जमा बिचरण गर्ने जंगली हात्ती मकुनाकाे गोली लागेर बुधवार  मृत्यु भएकाे छ । मकुनालाई बस्तीमा आउन बाट राेक्न गरिएको प्रयासमा जंगली मकुना आक्रामक बन्दै जाँदा आत्मसुरक्षार्थ चलेकाे गोली लागि मृत्यु भएकाे निकुञ्ज द्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरद्वारा जारी विज्ञप्तिमा मकुनालाई मानव वस्तीमा आउनबाट राेक्न दिनहुँ  […]

Feb 6, 2025 - 05:59
 0
गोली लागेर जंगली हात्ती मकुनाकाे मृत्यु

नवलपरासी। 

चितवन राष्ट्रिय निकुञ्जमा बिचरण गर्ने जंगली हात्ती मकुनाकाे गोली लागेर बुधवार  मृत्यु भएकाे छ ।

मकुनालाई बस्तीमा आउन बाट राेक्न गरिएको प्रयासमा जंगली मकुना आक्रामक बन्दै जाँदा आत्मसुरक्षार्थ चलेकाे गोली लागि मृत्यु भएकाे निकुञ्ज द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरद्वारा जारी विज्ञप्तिमा मकुनालाई मानव वस्तीमा आउनबाट राेक्न दिनहुँ  साैराहा सेक्टरका निकुञ्ज कर्मचारी र सुरक्षाकर्मीद्वारा हात्ती स्वीप गरी निकुञ्जकाे काेर एरिया तर्फ पठाउने कार्य हुदै आएकाे थियाे । हात्ती स्वीपका लागि गएकाे निकुञ्ज कर्मचारी र सुरक्षार्थ तैनाथ नेपाली सेना नयाँ गाेरख गण (क) गुल्मका सुरक्षाकर्मीसहित ५ ओेटा घरपालुवा हात्तीमा गएकाे टाेलीले कुमराेज मध्यवर्ती सामुदायिक वन लामिताल नजिक मकुनालाई फेला पारेकाे थियाे ।

सोही क्रममा हात्ती स्वीप टाेली देख्ने बित्तिकै मकुनाले सिधै घरपालुवा चुरे गजलाई आक्रमण गर्न आएकाे विज्ञप्तिमा उल्लेख छ ।

चुरे गजमाथिकाे आक्रमण लगतै मकुनालाई तर्साएर धपाउन राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ दफा २१ बमाेजिम सुरक्षा सतर्कताका लागि २ राउन्ड हवाई फायर गरिएको थियाे ।

यति गर्दा पनि मकुना झनै आक्रमक बन्दै हात्ती तर्फनै जाई लागि रहदा निकुञ्जका कर्मचारी सवार खगेन्द्र प्रसाद गजबाट रेन्जर श्याम तामाङ खसेपछि ज्यानकाे सुरक्षार्थ बाध्य भई ३ राउण्ड फायर भएकाे जनाईएकाे छ ।

यति गर्दा पनि मकुनाले हात्तीलाई फर्की फर्की आक्रमण गर्न नछाडे पछि चलेकाे थप १ गोली लाग्न साथ मकुना त्यहाँबाट अन्यत्र भागेकाे थियाे ।

तत्पश्चात मकुनालाई खाेजी गर्दै जाँदा करिव १ किमि पर जिपिएस लाेकेसन २७ डिग्री ५५,३३.८” एन ८४ डिग्री ५२,९०.८७”ई मा ढलेकाे अवस्थाबीच मकुना फेला परेकाे विज्ञप्तिमा भनिएको छ ।

ढलेकाे अवस्था भेटिएकाे मकुनालाई तत्काल हात्तीसहितकाे टाेलीले उठाउन खाेज्दा नउठेपछि त्यहाँ  पुगेका चिकित्सकले चेकजाँच गर्ने क्रममा मकुनालाई मृत घोषणा गरेका थिए ।

मृत मकुनाकाे घटना स्थलमै पाेष्टमार्टम गरिएको र पाेष्टमार्टम अनुसार मकुनाकाे घाटीमा लागेकाे गाेलीका कारण मृत्यु भएकाे निकुञ्ज द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मकुना बिगत असाेजदेखि चितवनकाे साैराहास्थित हात्ती प्रजनन केन्द्र साेरखाेरमा आई रहने र बस्तीमा समेत पस्ने हुँदा

जसबाट स्थानीय स्तरमा डर पैदा हुने गरेकाे थियाे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register